२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडक्रस अछामको २३ औँ जिल्ला सभा मंगलसेनमा सम्पन्न

२१ फाल्गुन २०७२, शुक्रबार १३:१४

achham redcrossकमल रावल/फागुन २१, अछाम । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामको २३ औँ जिल्ला सभा मंगलसेनमा सम्पन्न भएको छ ।

जिल्ला शाखा अछामका अध्यक्ष रत्न प्रसाद ढुँगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य बृकेश सिंह बोगटी प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती बोगटीले पानसमा बत्ती प्रज्वलन गरि सभाको उदघाटन गर्नु भएको थियो भने कार्यक्रममा सहभागि सबै अथिती तथा प्रतिनिधीले रेडक्रसका जन्मदाता जा हेनरी डयुनाको फोटोमा माल्यार्पण तथा टिका लगाएका थिए ।

कार्यक्रममा नेपालि काँग्रेसका जिल्ला कार्य समिती सदस्य चन्द्र प्रसाद ढुँगाना, नेकपा एमाले जिल्ला सचिवालय तथा प्रचार प्रसार विभाग प्रमुख भिम जनाला, जिल्ला शिक्षा कार्यालय अछामका विद्यालय निरिक्षक हरिदत्त जोशि, जिल्ला खानेपानि कार्यालय प्रमुख खगेन्द्र प्रसाद रेग्मी, सबै पेशागत संगठनको तर्फ बाट नेपाल राष्टिय शिक्षक संगठन अछामका अध्यक्ष नर बहादुर रावल, बिकास साझेदार संस्थाको तर्फबाट सिडिप अछामका कार्यक्रम अधिकृत बम बहादुर खड्का, गैसस महासंघ अछामका उपाध्यक्ष जनक बटाला, शोडषा उच्च माविका प्राधानाध्यापक शिवराज जोशि लगाएतले शुभकामना मन्तव्य राख्दै मानव सेवामा निहित रहि रेडक्रसका ७ वटा सिद्धान्तलाई अघि सारेर रेडक्रस अघि बढिरहेकाले आगामि दिनमा पनि यसरी अघि बढीरहन शुभकामना दिएका थिए ।

देशमा नै विपद, स्वास्थ्य, सामुदायिक बिकास र रेडक्रसको प्रचार प्रसारका लागि निस्वार्थ भावनाका रेडक्रसले काम अघि बढाईरहेकाले पनि काम निकै स्रहानिय भएकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी अछामका जिल्लाका विभिन्न गाबिस तथा नगरपालिकाका वडामा १७ वटा उपशाखा, ८ सय ६० जना आजिवन सदस्य र ९ सय ९५ जना साधारण सदस्य रहेको बार्षिक प्रगति प्रतिबेदन कार्यबाहक मन्त्रि धुव्र कुमार शाहीले प्रस्तुत गर्नु भएको थियो ।

१५ लाख ८३ हजार ७ सय ६ बराबरको आयव्याय र २०७३।७४ का लागि अनुमानित १ करोड २९ लाख १० हजार बराबरको आर्थिक प्रतिबेदन कोषाध्यक्ष तरक बहादुर रावलले प्रस्तुत गर्नु भएको थियो । जिल्ला उपसभापति उदय राज ढुगाँनाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संञ्चालन सचिव हर्कराज शर्माले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने