2026-10-14 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य क्षेत्रमा अछाम देशकै दोस्रो स्थानमा

achham news

कमल रावल । चैत ३, अछाम । अछाम जिल्ला स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा नेपालकै दोस्रो नम्बरमा परेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहका विभिन्न ३५ सुचकमा गरेको मूल्यांकनका आधारमा अछाम देशकै दोस्रो नम्बरमा परेको हो ।

स्वास्थ मन्त्रालयले आर्थिक वर्ष २०७१र७२ को अवस्थाबारे शुक्रबार गरेको समिक्षामा पाल्पा जिल्ला पहिलो स्थानमा परेको छ भने म्यादी तेस्रो स्थानमा । बाल स्वास्थ्य, खोपको पहुँच तथा पूर्ण खोप घोषणा, झाडापखाला तथा निमोनियाको जटिलतामा कमी, नियमित गर्भ परिक्षण, स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर वृद्धि लगायत आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता समयमै रिपोर्टिङ तथा सूचना व्यवस्थापन महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता लगायतका स्वास्थ्य सूचकका आधारमा मूल्यांकन गरिएको हो । उक्त सुचि सार्बजनिक भए पश्चात खुसि ब्यक्त गर्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बरालले प्रथम स्थान हासिल गर्ने लक्ष्य भएतापनि थोरै कमजोरीहरु भएका कारण सो स्थान हासिल गर्न नसकिएको बताउनुभयो । अबको आफ्नो लक्ष्य भने जिल्लालाई प्रथम बनाउने रहने उहाँको भनाइ छ । सोही लक्ष्य अनुरुप आफूले आगामी दिनहरुमा काम गर्दै जाने बताउदै उहाँले यस अघि आठौ स्थानमा रहेको जिल्लालाई दोस्रो स्थान सम्म पुर्याउन सकिएको उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयमा आएको सुधार सँगै दोस्रो स्थान हासिल गरेपछि मन्त्रालयले एक समारोहका बीच पुरस्कृत समेत गरेको छ ।

जसका लागि जिल्ला अस्पताल प्रमुख डाक्टर बराल काठमान्डौ जानुभएको छ । अछाम दोस्रो नम्बरमा परेपछि आफु निकै खुसी भएको र आगामी दिनमा अझै मेहनतका साथ पहिलो नम्बरमा पर्ने गरि सेवा प्रवाहमा लाग्ने प्रमुख डाक्टर शरदचन्द्र बरालले बताउनु भयो । अछामले यी सूचकमा निकै प्रगति गरेको र मन्त्रालयको मूल्यांकनमा दोस्रो नम्बरमा परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाले बताउनु भयो । जिल्ला भरका सबै स्वास्थ्यकर्मी तथा सरोकारवालाको साथ सहयोगले अछाममा स्वास्थ्य क्षेत्रमा प्रगति भैरहेको उहाँले बताउनुभयो । आगामी दिनमा अहिले हाँसिल गरेका उपलब्धिलाई स्थायित्व दिने गरि काम गरिने जनस्वास्थ्य निरिक्षक भपट ढुंगानाको भनाइ छ । “अन्य जिल्लाको अवस्था हेर्दा पहिले हाँसिल गरेका उपलब्धि पछि कायम नरहेको पाईएको छ“, ढुंगानाले भन्नुभयो “ हामी हालका उपलब्धिलाई कायम राख्दै अघि बढ्ने छौं ।“ अछाम जिल्ला २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भैसकेको छ भने हाल त्यसले निरन्तरता पाईरहेको छ । खुल्ला दिशामुक्त घोषणा मार्फ‌त झाडापखाला लगायतका सरुवाजन्य रोगमा न्यूनिकरण भएको देखिन्छ । हाल जिल्ला अस्पतालमा आकस्मिक प्रसुति सहितको सेवा संचालन छ भने ५४ वटा बर्थिङ सेन्टर मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने क्रम बढ्दो छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा हाल मातृ शिशु प्रतिक्षालय संचालन गरि गर्भवति तथा सुत्केरी महिलालाई सेवा दिईएको छ । हाल जिल्लामा ५८ प्रतिशत गर्भवतिले संस्थागत सुत्केरी गराएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । हालै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरदचन्द्र बराल स्वास्थ्य कार्यालय व्यवस्थापन तथा स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण काम गरेको भन्दै स्वास्थ्य सेवा पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश