सास । भदौ ९, बर्दिया । 

यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ ९, बर्दिया । 

यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा "/>

2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आँखामा पट्टी कानमा कपास

सास । भदौ ९, बर्दिया । 

यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा हटाउन कसैलाई चासो नै छैन ।

गुलरियाको मुख्य बजार केन्द्रमा सडकको दुर्दशा …..नजिकै पार्किङ्ग गरिएको ट्रकले झन अस्त व्यस्त  

बर्दिया जिल्लाको सदरमुकाम गुलरियाको मुख्य चोक राधाकृष्ण चोकबाट जिल्ला समन्वय समितिमार्गतर्फ जाँदा करिब दुई सय मिटरमै पर्ने यो खाल्डोले दु्ःख दिन थालेको झण्डै दुई वर्ष जति भयो । तर यहाँनिर रहेका खाडलहरुमा जम्मा भएको पानी तथा बजारको फोहोरलाई पिचकारीमा पानी भरेर फालेजस्तै गरी हिड्न बाद्य छन् सवारी साधनहरु । नजिकै रहेको एक व्यापारिक केन्द्रमा नियमति रुपमा यसरी ट्रकमा करोडौंका मालसमानहरु आयात हुने गर्दछन् जसका कारण यो बाटोको अवस्था झन् नाजुक भएकोमा स्थानीयहरु चिन्तित छन् । समयमा नै मर्मत सम्भार नगर्ने हो भने यो बाटोको हालत झन खराब हुने स्थानीयहरु बताउँछन् । 


यात्रुहरु यसरी यात्रा गर्न वाध्य छन् ……माेटरसाइकलमा सवार एक यात्रु ….

नजिकै बैंक अफ काठमाडौ रहेकोमा बैंकमा आउदा जाँदा हिले बाटोको कारण सेवाग्राहीहरुलाई अत्यन्तै असुविधा भएको छ । 

यहाँ बनाइएको पिच पनि अधुरो छ । उपयुक्त नाली तथा पानीको निकास छैन । जसका कारण लामखुट्टे तथा अन्य परजिवी र रोगका किटाणुहरु फैलिने डर भएको छ । फोहोर व्यवस्थापनको पनि व्यवस्था छैन । स्थानीय निकाय तथा स्थानीयहरुकै चासो र चिन्ताको विषय हुनु पर्नेमा कसैलाई पनि वास्ता छैन । 

यसका लगि अब छिटै नै सदरमुकाममा विकासको कार्यायोजना बनाइ यस्ता विग्रेका संरचनाहरु यथाशीघ्र बनाउनका लागि सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ भने स्थानीय नगरबासीहरुले कानमा तेल हालेर कपास लाएर आँखामा पट्टी बाँधेर बस्न नहुने देखिन्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई