2026-10-14 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विश्व क्षयरोग दिवस अछाममा पनि मनाईयो

कमल रावल/चैत १२, अछाम । विश्व क्षयरोग दिवस चैत ११ अर्थात मार्च २४ को अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अस्पताल विकास समितीका अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदि प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती प्रजिअ सुवेदिले क्षयरोग उपचार बाट सम्भव भएकाले सबैले समयमै चेकजाँच गराई उपचार गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

पुरानो पृति सतात्मक सोचका कारण समाजले उपचार गर्नु पर्छ भनि जानकारी नपाएकाले अब यसको ब्यापक प्रचार प्रसारमा जोड दिनु भएको थियो । जिल्लामा दिवसको अवसरमा नारा तथा रयालि निकाल्नु भन्दा अन्तक्र्रिया मार्फत राम्रो सुझाव सल्लाह आउने भएकाले आगामि दिनमा स्वास्थ्य कार्यालयको सिको अन्य सरकारी तथा गैरसरकारी कार्यालयले सिको गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

क्षयरोग अन्त्यका लागि सबै संगठित हौऔँ भन्ने नाराका साथ भएको कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर शरद चन्द्र बराललले क्षयरोग के हो, कसरी सर्छ र बच्ने कसरी भन्ने बारेमा जानकारी गराउनु भएको थियो । बिशेष गरि २ हप्ता सम्म नियमित खोकी लाग्नु क्षयरोग लक्षण भएकाले समयमै खकार जाँच गराउनु पर्नेमा उहाँको जोड रहेको थियो । अछाम जिल्लामा साउन महिना देखि अहिले ७३ जना अछाम जिल्लामा र ३ जना बाहीर जिल्ला बाट आएका गरि ७६ जनाले नियमित औषधि सेवन गरिरहेका जानकारी गराईएको थियो ।

सन २०५० सम्म भित्र नेपाल बाट नै क्षयरोग निवारण गर्ने लक्ष्यका साथ कार्य अछाममा पनि अघि बढेका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले जानकारी दिनु भएको थियो । कार्यक्रममा जिल्ला स्थित निजि स्वास्थ्य संस्थाका प्रतिनिधी, सञ्चारकर्मिको सहभागिता रहेको थियो ।

जन स्वास्थ्य निरिक्षक झपटराज ढुगानाले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अछामका क्षयरोग सुपरभाईजर पंकज कलौनिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश