३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

७०० फरार प्रतिवादी पक्राउको सूचीमा

२० जेष्ठ २०८२, सोमबार १२:०४

काठमाडौँ । जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका सात सय जना फरार प्रतिवादी अझै पक्राउको सूचीमा रहेको प्रहरीले जनाएको छ । फरार हुँदै आएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्दा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षका साउनदेखि वैशाख महिनासम्मको दश महिनाको अवधिमा फरार आठसय एक्काइस जनामध्ये १२१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महिला सोह्र र पुरूष एक सय पाँच रहेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट सत्र वर्ष तीन महिना १९ दिन कैद भुक्तान भएको छ ।

“प्रहरीले फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि आदेश भएको हो”, उहाँले भन्नुभयो, “अन्य फरार प्रतिवादीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।” पक्राउ गरिएका प्रतिवादीबाट रु ३४ लाख ८९ हजार छ सय अठ्ठाइस राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अवैध नदीजन्य उत्खन्नमा संलग्न ८० सवारीसाधान नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । ती सवारी साधानले स्थानीय तहमा रु दश लाख ७२ हजार जरिवाना बुझाएर छुटेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६६ दशमलव ७८ क्युफिट अवैध सालको काठ बरामद गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ ।

जबरर्जस्ती करणीका सोह्र, कर्तव्य ज्यानका नौ र मानव बेचबिखन तथा ओसारपसार उद्योगका एक गरी २६ वटा जघन्य प्रकृतिका मुद्दा दर्ता भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताउनुभयो । जुवातासका बाह्र वटा मुद्दा दर्ता भएकोमा एक महिलासहित एक सय तीन जनालाई पक्राउ गरेको थियो । उक्त जुवाखालबाट रू दश लाख तीन हजार चार सय पाँच रकम बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली