३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

साढे तीन करोडका माछाका भुरा बिक्री

२१ जेष्ठ २०८२, मंगलवार १४:२३

काठमाडौँ । मत्स्य विकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा रु तीन करोड ६३ लाख १८ हजार माछाका भुरा बिक्री गरेको छ । चालु आर्थिक वर्षमा रु छ करोड ५३ लाख माछाका भुरा बिक्री गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म लक्ष्यअनुसार माछाका भुरा बिक्री हुन नसकेको हो ।

केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार अहिलेसम्म ह्याचलिङ गरिएका (सातदिने) भुरा रु तीन करोड ११ लाख, एक महिनासम्मका (फ्राई साइज) का ४७ लाख ५० हजार, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) दुई लाख १५ हजार र पाङ्गास दुई लाख ५३ हजार ४०७ गोटा बिक्री गरिएको छ । खाने माछा १७ क्विन्टल ९८ किलो बिक्री गरिएको छ । अहिलेसम्म रु २८ लाख ५० हजारको माछाका भुरा बिक्री गरिएको उहाँले बताउनुभयो ।

केन्द्रले यस आर्थिक वर्षमा ह्याचलिङ गरिएका (सात दिने) भुरा छ करोड, एक महिनासम्मका (फ्राई साइज) का ५० लाख, पाँचदेखि आठ ग्रामका (फिङ्गलिङ्क) पाँच लाख र पाङ्गास एक लाख गोटा बिक्री गर्ने लक्ष्य राखिएको छ । खाने माछा एक टन बिक्री गर्ने लक्ष्य राखिएको दाहालले बताउनुभयो ।

केन्द्रले चितवनसहित २५ जिल्लामा माछाका भुरा पु¥याउँदै आएको छ । उहाँले भन्नुभयो, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्री वितरण हुँदै आएको छ, त्यस कारण भुरा लैजान आउनेको सङ्ख्यामा कमी आएको छ ।” बारा र पर्साबाट आउनुपर्ने माछापालक किसान अहिले सोचेअनुसार नआएको उहाँले बताउनुभयो । चितवनमा मात्रै १० देखि १२ वटा निजी क्षेत्रले माछाका भुरा उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ्, तनहुँ, कास्की, कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो । अझै एक महिनाभन्दा बढी समय रहेकाले भुरा माछा लक्ष्यअनुसारको बिक्री हुने उहाँले अनुमान गर्नुभयो ।

केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खान योग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनि, सिल्भर कार्प, ग्रासकार्पका भूरा उत्पादन गरिन्छ । माछाका भुरा वर्षभरि नै बिक्री वितरण गरिने गरेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्री वितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा बिक्री वितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्री वितरण गर्न थालेको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली