भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । 

जिल्लाकै प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । 

जिल्लाकै प्र"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महोत्तरीको मुख्य बाटो आजदेखि सञ्चालन

११ भाद्र २०७४, आईतवार ०६:२७

भदौ ११,गौशाला। बाढीले बाटो बगाएपछि करिब १५ दिनसम्म बन्द रहेको महोत्तरी जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । 

जिल्लाकै प्रमुख सडकखण्ड अविरल वर्षाका कारण आएको भीषण बाढीबाट क्षतिग्रस्त भएपछि गत साउन २९ गतेदेखि अवरुद्ध हुँदा जिल्लावासीलाई समस्या भएको थियो । प्रजिअ बाबुराम श्रेष्ठले सम्बन्धित ठेकेदार र सडक डिभिजन कार्यालयसँग तुरुन्त बैठक गरी नेपाली सेनासमेतको सहयोगमा सो सडकखण्डको मर्मत सम्भार र बाढीले बगाएको बाटो बनाएर आजदेखि सो सडकखण्ड पूर्णरुपमा सञ्चालन भएको जनाइएको छ । 

जलेश्वर–जनकपुर सडकखण्डको आधा दर्जन बढी ठाउँमा बाढीले बाटो बगाएको तथा सो सडकखण्डको पर्सा र पिपराबीचमा यातायात नै सञ्चालन हुन नसक्ने गरी बाटो कटान गरेका कारण १५ दिनसम्म यातायात अवरुद्ध थियो । 

यसअघि करिब एक सातादेखि सो सडकखण्डमा पर्सा बारी र पिपरा पारी गरी दुई खण्डमा गरी बस सेवा सञ्चालनमा आए पनि भरपर्दो र नियमित रहेको नहुँदा र करिब दुई किमी पैदल हिँडेर दुई बसमा बस्नुपर्ने बाध्यता रहेका कारण सरसामान बोकेर यात्रा गर्न नसकिने भएको थियो । 

बाटो पूर्णरुपमा सञ्चालन नहुँदा यसअघि नभई नहुने कामकाजका लागि मात्रै सो सडकखण्डमा यात्रु जाने गरेका थिए । बिरामी र अन्य आवश्यक कामकाजका लागि जिल्लावासी भारतीय शहर बजारमा जाने गरेका थिए । आजदेखि बाटो सञ्चालन भएसँगै अब सम्पूर्ण कामकाज र सेवा आफ्नै गाउँठाउँमा पाइने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा