३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

२२ जेष्ठ २०८२, बुधबार १४:३०
काठमाडौँ । सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ ।
यही जेठ १८ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयोजना को स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सक्न सम्बन्धित कर्मचारी र निर्माण व्यवसायीलाई निर्देशन दिएपछि यो आयोजनाको काम द्रुत गतिमा हुन लागेको हो ।
अनुगमनका क्रममा मन्त्री खड्काले निर्माण व्यवसायीलाई लक्ष्य प्राप्तिका लागि काम नगरे सरकारले अर्को बाटो पनि रोज्न सक्ने भन्दै जानकारी गराउनुका साथै काम छिटो भए भुक्तानी पनि छिटो हुने भनेपछि काम दु्रत गतिमा अगाडि बढिरहेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त आयोजनाका लागि १३ दशमलव दुई किलोमिटर सुरुङको काम सम्पन्न भइसकेको छ भने हेडबक्सको काम २० प्रतिशत मात्र भएपछि त्यसलाई बढाएर छिटो सम्पन्न गर्ने गरी निर्माण व्यवसायी लागेका हुन् । गत असोजमा सुनकोशी नदीमा आएको बाढीले निर्माणाधिन हेडबक्सको काममा धेरै क्षति पुर्याएपछि त्यसभन्दा यता सुस्त गतिमा काम अगाडि बढिरहेको थियो ।
पट्टेल रमण ज्वाइन्ट भेन्चरद्वारा निर्माणाधिन उक्त आयोजनाको हेडबक्स निर्माणका लागि काम भइरहेको भए पनि बिलअनुसारको भुक्तानी नभएको, निर्माणाधीन काममा बाढी पसेर निक्कै नोक्सानी पुर्याएकाले म्यादभित्र कार्य सम्पन्न गर्न नसकिने निर्माण व्यवसायी रमण पट्टेलले बताउनुभएको थियो । तर, अब सबै माग पूरा हुने मन्त्रीको आश्वासनपछि कामलाई तीव्रता दिएको पनि उहाँले बताउनुभयो ।
यो आयोजना सम्पन्न भएपछि तराइका आठभन्दा बढी जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुने, ३२ मेघावाट विद्युत् उत्पादन हुने र कूल पानीको १० प्रतिशत पानी खानेपानीका रुपमा प्रयोग हुने बताइएको छ । कूल रु १४ अर्बको यो आयोजनामा रु एक अर्ब २० करोड खर्च भइसकेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले बताउनुभयो । अहिले रामेछापको मन्थली नगरपालिका स्थित वडा नं ६ सेलेघाटमा ड्याम (हेडबक्स)को निर्माण काम भइरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली