२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका महिला मलामी जान थाले

२५ चैत्र २०७२, बिहीबार १०:५६

चैत २५, अछाम । अछामका महिला पुरानो संस्कारलाई तोड्दै मलामी जान थालेका छन् । अछामको पूर्वी क्षेत्रका महिला पुरानो संस्कारलाई तोड्दै मलामी गएका हुन् ।

मानिसको मृत्यु भएपछि पुरुषले मात्र मलामी जाने प्रचलन रहेको अछाममा पछिल्लो समयमा महिला मलामी जान थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्र कुइका–४ का गौरीकान्त तिमिल्सिनाको ७० वर्षको उमेरमा मृत्यु हुँदा सोही गाविस–४ का महिला मलामी गएका हुन् ।

“हामीलाई मलामी जानबाट वञ्चित गराउने पुरानो परम्परालाई हामीले तोडेका छौँ हामी मलामी गएर फर्कियौँ, हामीलाई केही भएन, अब गाउँमा महिला–पुरुष जस्को मृत्यु भएपनि हामी मलामी जान्छौँ”, स्थानीय गोमा तिमिल्सिनाले बताइन् ।

मानिसको मृत्यु हुँदा दाहसंस्कार गर्न छोरा अर्थात् पुरुष मात्र जाने प्रचलन रहिआएको समाजमा महिला मलामी जानुलाई समयअनुसारको परिवर्तनका रुपमा हेरिएको छ । मानिसको मृत्यु हुँदा घर नजिकै शवलाई टाढैबाट हेरेर फर्किने गरेका महिला समयको परिवर्तनसँगै मलामी बनी श्मशानमा पुगेर फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने