२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा संजालले गर्यो शुभकामना आदान–प्रदान 

२९ चैत्र २०७२, सोमबार ००:१५

कमल कुमार रावल । चैत्र २९, अछाम । ईलाका युवा संञ्जाल ईलाका नम्बर ८ मंगलसेनको आयोजनामा नयाँ बर्ष २०७३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ईलाका अध्यक्ष रमेश साँउदको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष होम साउँद प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती अध्यक्ष साँउदले सबै युवाहरु सकारात्मक सोचका साथ अघि बढनु पर्नेमा जोड दिएका छन । दिन दिनै युवाहरु विदेशिनु भन्दा आफनै ठाँउमा केहि गर्नलाई लाग्नु पर्ने भनाई राखेका थिए । खाडि मुलुकका सपना देख्नु भन्दा अछाम जिल्लाको जंगल, जल, जमिनको सदुपयोग गर्दै अछाममै केहि गरेर उदारहण प्रस्तुत गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमका विशिष्ट अथिती जिल्ला युवा संञ्जाल अछामका उपाध्यक्ष मेनुका ढुगानाले परिवर्तनका संवाहक युवा भएकाले एक ढिक्का भएर अघि बढनु पर्ने धारण राख्नुभयो । यस्तै अर्का बिशिष्ट अथिती जिल्ला युवा संञ्जाल अछामका सचिव कमल रावलले युवाहरु जहिले पनि गतिशिल, अध्ययनशिल, चलायमान हुनु पर्ने बताउनुभयो । जिल्ला युवा सञ्जालको अबको लक्ष्य जिल्लाका १३ वटै ईलाकामा युवाका लागि वकालत र पैरविका साथसाथै युवाहरुमा नेतृत्व र क्षमता विकासमा जोड दिने रहेकोले सबैको साथ र सहयोग अनिवार्य रहेको बताएका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा UNFPA अछामका प्रमुख भरत गोतामे, नेपाल पत्रकार महासंघ अछामका कोषाध्यक्ष खम्म खत्रि, रेडियो अछामका तर्फ अमर धामि, मंगलसेन नगर युवा संजालका अध्यक्ष राकेश रावल, त्रिशक्ति युवा क्लव मगलसेनका सचिव पुजा ढुगाना लगाएतले २०७३ सालको अवसरमा शुभकामना दिदै आगामि दिनमा अझै युवाहरु निरन्तर युवा सहितको उद्यमशिल अछामको परिकल्पनामा लागि रहन शुभकामना दिएका छन ।

यसैविचः आज भएको युवाहरुको भेलाले मगँलसेन नगर स्तरिय युवा सञ्जाल समेत गठन गरेको छ । भेलाले राकेश रावलको अध्यक्षताम १० सदस्यिय कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष पुजा ढुगाना, सचिव गणेश रावल, सहसचिव शुशिल भण्डारी, कोषाध्यक्ष डम्मर थापा लगायतका सदस्य रहनुभएको छ । ईलाका युवा संजालका उपाध्यक्ष धनविर नेपालिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव नेत्र साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने