२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा संजालले गर्यो शुभकामना आदान–प्रदान 

२०७२, २९ चैत्र सोमबार ००:१५

कमल कुमार रावल । चैत्र २९, अछाम । ईलाका युवा संञ्जाल ईलाका नम्बर ८ मंगलसेनको आयोजनामा नयाँ बर्ष २०७३ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । ईलाका अध्यक्ष रमेश साँउदको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला युवा संञ्जाल अछामका अध्यक्ष होम साउँद प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती अध्यक्ष साँउदले सबै युवाहरु सकारात्मक सोचका साथ अघि बढनु पर्नेमा जोड दिएका छन । दिन दिनै युवाहरु विदेशिनु भन्दा आफनै ठाँउमा केहि गर्नलाई लाग्नु पर्ने भनाई राखेका थिए । खाडि मुलुकका सपना देख्नु भन्दा अछाम जिल्लाको जंगल, जल, जमिनको सदुपयोग गर्दै अछाममै केहि गरेर उदारहण प्रस्तुत गर्नुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमका विशिष्ट अथिती जिल्ला युवा संञ्जाल अछामका उपाध्यक्ष मेनुका ढुगानाले परिवर्तनका संवाहक युवा भएकाले एक ढिक्का भएर अघि बढनु पर्ने धारण राख्नुभयो । यस्तै अर्का बिशिष्ट अथिती जिल्ला युवा संञ्जाल अछामका सचिव कमल रावलले युवाहरु जहिले पनि गतिशिल, अध्ययनशिल, चलायमान हुनु पर्ने बताउनुभयो । जिल्ला युवा सञ्जालको अबको लक्ष्य जिल्लाका १३ वटै ईलाकामा युवाका लागि वकालत र पैरविका साथसाथै युवाहरुमा नेतृत्व र क्षमता विकासमा जोड दिने रहेकोले सबैको साथ र सहयोग अनिवार्य रहेको बताएका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा UNFPA अछामका प्रमुख भरत गोतामे, नेपाल पत्रकार महासंघ अछामका कोषाध्यक्ष खम्म खत्रि, रेडियो अछामका तर्फ अमर धामि, मंगलसेन नगर युवा संजालका अध्यक्ष राकेश रावल, त्रिशक्ति युवा क्लव मगलसेनका सचिव पुजा ढुगाना लगाएतले २०७३ सालको अवसरमा शुभकामना दिदै आगामि दिनमा अझै युवाहरु निरन्तर युवा सहितको उद्यमशिल अछामको परिकल्पनामा लागि रहन शुभकामना दिएका छन ।

यसैविचः आज भएको युवाहरुको भेलाले मगँलसेन नगर स्तरिय युवा सञ्जाल समेत गठन गरेको छ । भेलाले राकेश रावलको अध्यक्षताम १० सदस्यिय कमिटी गठन गरेको छ । जसमा उपाध्यक्ष पुजा ढुगाना, सचिव गणेश रावल, सहसचिव शुशिल भण्डारी, कोषाध्यक्ष डम्मर थापा लगायतका सदस्य रहनुभएको छ । ईलाका युवा संजालका उपाध्यक्ष धनविर नेपालिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव नेत्र साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम