2026-06-30 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्रकार महासंघ अछामद्धारा सात बुदे अछाम घोषणा पत्र जारी 

कमल रावल । चैत ३०, अछाम । सात बुदे अछाम घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ अछामको बार्षिक साधारण सभा आज मंगलसेनमा सम्पन्न भएको छ । शाखा अध्यक्ष राम बहादुर कुँवरको अध्यक्षता तथा पूर्ब सभाषद शेर बहादुर कुँवरको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो ।

साधारण सभाको बन्द सत्रले बिभीन्न बिषय माथि खबरदारी गर्दै महत्वपूर्ण बिषयहरुका बारेमा व्यापक रुपमा छलफल समेत गरेको छ । जसमा बहुप्रतिक्षित माथिल्लो कर्णाली जलबिद्युत आयोजना अहिलेकै अवस्थामा नेपालको हित बिपरित देखिएकाले जिएमआरसँगको पिडिए खारेज गरी नयाँ तरीकाले काम अघि बढाउन जोडदार माग गरिएको छ । घोषणा पत्रमा मध्यपहाडी र सेती लोक मार्ग निर्माणमा ढिलाई गर्ने ठेकेदार कम्पनीहरुलाई कानून बमोजिम कारबाही र ती लोकमार्गको निर्माणमा तत्काल ध्यान दिन पनि सम्बन्धीत निकायलाई आग्रह गरिएको छ । साथै पयैटीकय क्षेत्र रामारोशनलाई संरक्षित क्षेत्र घोषणा गर्दै जिल्लका दुई वटै बिमान स्थल तथा कैलाश खोला साना जल बिद्युत सुचारु गर्नुपर्ने र सदरमुकाम मंगलसेनका सडकको अवस्था यथासक्य चाडो मर्मत गर्न समेत माग गरिएको छ भने जिल्लामा कार्यरत केही अन्र्तराष्ट्यि गैर सरकारी संस्था तथा स्थानिय गैर सरकारी संस्थाहरु मिडियामैत्री नभएको भन्दै ती संस्थाहरुलाई आफ्ना काम पूर्ण पारदर्शी बनाउन पनि जोडदार माग गरिएको छ । त्यसअघि साधारण सभाको उद्घाटन सत्रमा बोल्ने अधिकांस बक्ताहरुले सामाजिक रुपमान्तरणका लागि जिल्लाका मिडियाहरुले खेलेको भुमिकाको खुलेर प्रशंसा गरेका थिए । सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथीति पूर्ब सभाषद शेर बहादुर कुँवरले अछाम जिल्लाको पत्रकारिताको इतिहास हेर्दा छोटो समयमा धेरै प्रगति भएको भन्दै खुसि व्यक्त गर्नुभयो । तर उहाँले राज्यका निर्देशक सिन्दान्त भन्दा बाहिर गएर पत्रकारले समेत कुनै क्रियाकलाप गर्न नपाइने भएकाले मर्यादित रुपमा पत्रकारका कलम चल्नुपर्नेमा जोड दिनुभयो ।

सभाका बिशिष्ठ अथीति पूर्ब जिबिस सभापति भरत कुमार स्वारले जिल्लको मिडिया क्षेत्रका बिकासका लागि अझै धेरै गर्नुपर्ने आबश्यकता औल्याउनुभयो । संचार क्षेत्रमा संख्यात्मक भन्दा गुणात्म रुपमा बिकास हुन जरुरी रहेको उहाँको भनाई छ । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकरी याम प्रसाद सुबेदी, नेपाली काग्रेसका पार्टी सचिब नम बहादुर शाही, नेकपा एमालेका सचिबालय सदस्य चन्द्र बोहरा, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष दिपक साँउद, राप्रपाका अध्यक्ष तेज बहादुर बिष्ट, नेकपा क्रान्तिकारी माओवादीका सचिबालय सदस्य काशीराम जैसी, नेकपा माओवादीका जिल्ला सेक्रेटरी शेर बहादुर बिक, स्थानिय बिकास अधिकारी शिव प्रसाद हुमागाई, गैससका अध्यक्ष खडक खड्का लगायत, बिभीन्न पेशागत संगठनका प्रमुख तथा अन्य प्रतिनीधीहरुले पनि मन्तब्य राखेका थिए । महासंघका उपाध्यक्ष जनकराज भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन कोषाध्यक्ष खम्म खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ