भदौ ११, काठमाडौं । सरकारले खाडीका ४ मुलुकसहित ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । सरकारले खाडीका ४ मुलुकसहित ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक"/>
2026-09-03 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया र कोरिया सहित खाडीका ४ मुलुकमा श्रम कन्सुलर र सहचारी खटाइयो (को-को परे ?)

भदौ ११, काठमाडौं । सरकारले खाडीका ४ मुलुकसहित ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक्त गरेको छ भने खाडीका ४ मुलुकहरु यूएई, ओमान, साउदी अरेबिया र कुवेतमा श्रम सहचारी नियुक्त गरेको छ ।

नेपाली कामदारहरुको मुख्य श्रम गन्तब्यका लागि समस्यामा परि दूतावासको सरणमा आउने नेपाली कामदारहरुको सेवाका लागि श्रम कन्सुलर तथा सहचारी खटाउने गरिन्छ । 

सरकारले नेपालीको आकर्षक गन्तब्य मुलुक कोरियाका लागि डिल्लीराम बास्तोलालाई श्रम कन्सुलरको रुपमा नियुक्त गरेको छ । बास्तोलासँग लामो समयसम्म ईपीएस कोरिया शाखाको निर्देशकका रुपमा काम गरेको अनुभव छ ।

त्यसैगरी मलेसियाका लागि बद्रिकुमार कार्की श्रम कन्सुलरको रुपमा नियुक्त भएका छन् । कार्की वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कार्यरत छन् ।

त्यस्तै श्रम तथा रोजगार मन्त्रालयले खाडीका ४ मुलुकहरु मध्ये यूएईमा मन्त्रालयमै अधिकृत पदमा कार्यरत मोतिराम भुसाललाई नियुक्त गरेको छ । 

त्यस्तै ओमानका लागि श्रम मन्त्रालयकै शाखा अधिकृत कृष्णा कुमारी गौलीलाई श्रम सहचारी नियुक्त गरिएको छ । उता कुवेतको लागि श्रमका शाखा अधिकृत ज्ञानेन्द्र शर्मा श्रम सहचारी भएका छन् । त्यस्तै साउदी अरेबियाको नेपाली कन्सुलेट जनरल अफिसमा शाखा अधिकृत राजु कुँवर पनि श्रम सहचारीमा नियुक्त भएका छन् । 

यो पटक श्रम सहचारी नियुक्तिको छनोटको लागि पहिलोपटक कम्तिमा आईईएलटीएस मा ५ अंक ल्याएका र अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्रलाई आधार बनाई छनोट गरिएको छ ।

हेर्नुहोस् नियुक्त भएकाहरुको सूची

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ