भदौ ११, काठमाडौं । सरकारले खाडीका ४ मुलुकसहित ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, काठमाडौं । सरकारले खाडीका ४ मुलुकसहित ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया र कोरिया सहित खाडीका ४ मुलुकमा श्रम कन्सुलर र सहचारी खटाइयो (को-को परे ?)

११ भाद्र २०७४, आईतवार १३:२९

भदौ ११, काठमाडौं । सरकारले खाडीका ४ मुलुकसहित ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक्त गरेको छ भने खाडीका ४ मुलुकहरु यूएई, ओमान, साउदी अरेबिया र कुवेतमा श्रम सहचारी नियुक्त गरेको छ ।

नेपाली कामदारहरुको मुख्य श्रम गन्तब्यका लागि समस्यामा परि दूतावासको सरणमा आउने नेपाली कामदारहरुको सेवाका लागि श्रम कन्सुलर तथा सहचारी खटाउने गरिन्छ । 

सरकारले नेपालीको आकर्षक गन्तब्य मुलुक कोरियाका लागि डिल्लीराम बास्तोलालाई श्रम कन्सुलरको रुपमा नियुक्त गरेको छ । बास्तोलासँग लामो समयसम्म ईपीएस कोरिया शाखाको निर्देशकका रुपमा काम गरेको अनुभव छ ।

त्यसैगरी मलेसियाका लागि बद्रिकुमार कार्की श्रम कन्सुलरको रुपमा नियुक्त भएका छन् । कार्की वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कार्यरत छन् ।

त्यस्तै श्रम तथा रोजगार मन्त्रालयले खाडीका ४ मुलुकहरु मध्ये यूएईमा मन्त्रालयमै अधिकृत पदमा कार्यरत मोतिराम भुसाललाई नियुक्त गरेको छ । 

त्यस्तै ओमानका लागि श्रम मन्त्रालयकै शाखा अधिकृत कृष्णा कुमारी गौलीलाई श्रम सहचारी नियुक्त गरिएको छ । उता कुवेतको लागि श्रमका शाखा अधिकृत ज्ञानेन्द्र शर्मा श्रम सहचारी भएका छन् । त्यस्तै साउदी अरेबियाको नेपाली कन्सुलेट जनरल अफिसमा शाखा अधिकृत राजु कुँवर पनि श्रम सहचारीमा नियुक्त भएका छन् । 

यो पटक श्रम सहचारी नियुक्तिको छनोटको लागि पहिलोपटक कम्तिमा आईईएलटीएस मा ५ अंक ल्याएका र अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्रलाई आधार बनाई छनोट गरिएको छ ।

हेर्नुहोस् नियुक्त भएकाहरुको सूची


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह