२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा सत्याल

१ बैशाख २०७३, बुधबार ०२:१७
विजय थापा ,वाशिंगटन डिसी 
 
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सघको अध्यक्षमा अमेरिकाका अजय सत्याल निर्वाचित भएका छन् l आज अप्रिल १२ तारिखमा बसेको अन्तर्राष्ट्रिय नेपाली रक्त दाता संघको बैठकले सर्बसम्मती द्वारा सत्याललाई अध्यक्षमा चयन गरेको छ l
 
सन् २०१४ मा स्थापित इन्टर नेसनल नेपलिज बल्ड डोनर्सका संस्थापक समेत रहेका सत्याल बिगत ३२ बर्ष देखि अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका सत्यालले हाल सम्म १ सय ३४ पटक रक्तदान गरि सकेका छन् l
 
आईएनबिडि को उदेस्य विश्व भर छरिएर रहेका नेपाली समुदायमा नेपाली रक्तदाता बाट सहयोग गर्नुको साथै नेपाली समुदायलाई उत्प्रेरणा गर्दै नियमित रक्तदान गराउनु रहेको हो l
 
इन्टर नेसनल नेपलिज बल्ड डोनर्स गैर मुनाफा सामजिक संस्थाको रुपमा अमेरिकामा दर्ता भएको छ l नव निर्वाचित कार्यकारी समितिको अध्यक्षमा अमेरिकाका अजय सत्याल निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा क्रमस क्यानडाका गोबिन्द रावल,मिलन शर्मा युके तथा बिनोद मैनाली अस्ट्रेलिया निर्वाचित भएका छन् l
 
यसै गरि कोषाध्यक्षमा कतारका बिनोद भट्टराई ,नेपालका निरन्जन पौडेल महा सचिबमा तथा युकेका एवरेस्ट गौतम सूचना सचिब,तथा पोर्तुगलका गणेश पाण्डे सूचना संयोजकमा निर्वाचित भएका छन् l
 
कार्यकारी समितिको सदस्यहरुमा प्रशान्त उप्रेती ,फ्रान्स ,प्रकाश सापकोटा आयरल्याण्ड ,बिनिता रिमाल ,बेल्जियम ,नरेश मल्ल ,बहराइन ,उत्तम अधिकारी दुबई ,भोला लामिछाने स्पेन ,राहुल रेग्मी भारत ,कर्ण बहादुर अधिकारि मकाउ ,डा अमर देउजा ,दक्षिण अमेरिका तथा अमेरिकाका केदार तिमिल्सिना सर्बसम्मती बाट निर्वाचित भएका छन् l संस्थाका  निवर्तमान अध्यक्ष अर्जुन प्रसाद मैनाली रहेका छन भने मैनाली संस्थापक अध्यक्ष पनि हुन् l
 
नव निर्वाचित सभापति अजय सत्यालले आफ्नो मन्तब्य राख्दै संस्था मानिसको जीवन बचाउन रक्त दाता संग काम गर्न प्रतिबद्ध हुनुको साथै संस्थाको अभियान अन्तर्गत विश्व भर फैलिएर रहेको गैर आवासीय नेपाली संघ संग मिलेर सहयात्रीको रुपमा काम गर्न चाहेको बताए l
 
र यसको लागि संसार भर फैलिएर रहेका संघ तथा संस्थालाई सहभागी हुन् र समर्थन गर्न आब्हान गर्दै सम्पूर्ण समर्पित सदस्यलाई धन्यवाद दिएका छन् l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ