२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साँफे हाटबजारमा भिषण आगलागि, १ करोड ३ लाख बराबरको  सामान नष्ट

१ बैशाख २०७३, बुधबार ०८:५४

कमल रावल, बैशाख १ अछाम / मंगलबार बेलुकी साँफे हाटबजारमा भएको आगालागि बाट १ करोड बढीको सामान जलेर नष्ट भएको छ । आगालागि बाट १ करोड ३ लाख ६ हजार हाराहारिको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगालागिबाट भएको सबै विवरण मुचुल्का सहित जिल्ला प्रहरी कार्यालयमा पठाईसकिएको र अब जिल्ला प्रशासन कार्यालयमा बुझाइने अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले बताउनु भयो । आगालागि बाट साँफे हाटबजारका ११ पसलमा पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।

मगलवार राति सवा ९ बजे प्रेम आउजीको पसलको आईरनबाट बिजुली शर्ट भएर लागेको आगोबाट बजारको जिरो प्वाईन्ट देखि पश्चिम तिर रहेका मयुर सिलाई सेन्टर, वुद्धि सिंह कुवरको कपडा पसल, तरिक टेडर्स, वोरे हेअर कटिगं सेन्टर, वोहरा टेलरिगं, शैलेश मोवाईल ग्यालरी, दिपक कुवर तरकारी पसल, सगुन फोटो स्टुडियो, कालिका पोल्टीफर्म, सचिन टेडर्स, नासिर सिरक विस्तरा पसल पुर्ण रुपमा जलेर नष्ट भएका ईलाका प्रहरी कार्यालय साफेबगरले जनाएको छ ।

आगो करिब १ घण्टा पछि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानियबासिन्दाले नियन्त्रणमा लिएका थिए । यस्तै साफेबगरमा भएको आगलागी पिडितका लागी राहत जुटाउने उद्देश्यले उद्धार तथा राहत कोष गठन गरिएको छ । बजार ब्यवस्थापन समिती अध्यक्ष मोहन कुवर संयोजक रहने गरि समिती गठन भएको हो ।

अछाम जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका प्रमुख, ब्यापारि, बुद्धिजिवि, शिक्षक, विद्याँर्थि, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता समिती गठन गरिएको बताईएको छ । सो समितीले गृह मन्त्रालय लगायत अन्य विभिन्न निकायमा राहत रकम संकलनका लागि पहल गर्ने प्रतिबद्धता जनायको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे