2026-10-14 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साँफे हाटबजारमा भिषण आगलागि, १ करोड ३ लाख बराबरको  सामान नष्ट

कमल रावल, बैशाख १ अछाम / मंगलबार बेलुकी साँफे हाटबजारमा भएको आगालागि बाट १ करोड बढीको सामान जलेर नष्ट भएको छ । आगालागि बाट १ करोड ३ लाख ६ हजार हाराहारिको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगालागिबाट भएको सबै विवरण मुचुल्का सहित जिल्ला प्रहरी कार्यालयमा पठाईसकिएको र अब जिल्ला प्रशासन कार्यालयमा बुझाइने अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले बताउनु भयो । आगालागि बाट साँफे हाटबजारका ११ पसलमा पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।

मगलवार राति सवा ९ बजे प्रेम आउजीको पसलको आईरनबाट बिजुली शर्ट भएर लागेको आगोबाट बजारको जिरो प्वाईन्ट देखि पश्चिम तिर रहेका मयुर सिलाई सेन्टर, वुद्धि सिंह कुवरको कपडा पसल, तरिक टेडर्स, वोरे हेअर कटिगं सेन्टर, वोहरा टेलरिगं, शैलेश मोवाईल ग्यालरी, दिपक कुवर तरकारी पसल, सगुन फोटो स्टुडियो, कालिका पोल्टीफर्म, सचिन टेडर्स, नासिर सिरक विस्तरा पसल पुर्ण रुपमा जलेर नष्ट भएका ईलाका प्रहरी कार्यालय साफेबगरले जनाएको छ ।

आगो करिब १ घण्टा पछि नेपाल प्रहरी, सशत्र प्रहरी र स्थानियबासिन्दाले नियन्त्रणमा लिएका थिए । यस्तै साफेबगरमा भएको आगलागी पिडितका लागी राहत जुटाउने उद्देश्यले उद्धार तथा राहत कोष गठन गरिएको छ । बजार ब्यवस्थापन समिती अध्यक्ष मोहन कुवर संयोजक रहने गरि समिती गठन भएको हो ।

अछाम जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका प्रमुख, ब्यापारि, बुद्धिजिवि, शिक्षक, विद्याँर्थि, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता समिती गठन गरिएको बताईएको छ । सो समितीले गृह मन्त्रालय लगायत अन्य विभिन्न निकायमा राहत रकम संकलनका लागि पहल गर्ने प्रतिबद्धता जनायको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश