2026-09-15 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती

काठमाडौँ । भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताका बीच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ ।
भारतीय रिजर्व बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अङ्कले घटाएर पाँच दशमलव पाँच प्रतिशतमा ल्याएको छ ।
अधिकांश विश्लेषकले २५ आधार अङ्कको कमीको अपेक्षा गरेका थिए ।
यो कटौती यसको लगातार तेस्रो थियो र मार्चमा समाप्त भएको आर्थिक वर्षमा भारतको अर्थतन्त्र चार वर्षको सबैभन्दा सुस्त गतिमा विस्तार भएको सरकारी तथ्याङ्कले देखाएको एक हप्तापछि आएको हो ।
जनवरी–मार्च त्रैमासिकले पुनरुत्थानका सङ्केतहरू देखाएको भए पनि पूर्वानुमानभन्दा राम्रो सात दशमलव चार प्रतिशत वार्षिक वृद्धिसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक व्यापक भन्सार शुल्कले दृष्टिकोणमा जोखिम सिर्जना गरेको विश्लेषकहले बताएका छन् ।
मूल्यको चिन्तालाई कम गर्न आरबिआईलाई वृद्धिमा ध्यान केन्द्रित गर्न अनुमति दिएको छ । अप्रिलमा खुद्रा मुद्रास्फीति छ वर्षको न्यून तीन दशमलव १६ प्रतिशतमा झरेको छ ।
आरबिआईका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले वृद्धि गतिलाई बढावा दिन नीतिगत साधनहरूमार्फत ‘घरेलु उपभोग र लगानी’ लाई उत्प्रेरणा दिन जारी राख्नु ‘अत्यावश्यक’ रहेको महसुस गरेको बताउनुभयो ।
आरबीआईले लगभग पाँच वर्षमा पहिलोपटक फेब्रुअरीमा दर कटौती गरेको थियो र त्यसपछि अप्रिलमा अर्को कटौती गरेको थियो ।
भारत सरकारले औसतभन्दा बढी मनसुनी वर्षाको पूर्वानुमान गरेको छ । यसले पर्यवेक्षकहरूका अनुसार विकासलाई मद्दत गर्नुपर्छ किनकि उच्च कृषि उत्पादनले ग्रामीण अर्थतन्त्रलाई सहयोग गर्नेछ र तरकारीको मूल्य स्थिर राख्नेछ ।
तर ट्रम्पको संरक्षणवादी नीतिहरूले वृद्धिको दबाब बढाउन सक्छ ।
नयाँदिल्ली उत्पादन गर्ने शक्तिशाली केन्द्र नभए पनि अमेरिकी भन्सार शुल्कले इलेक्ट्रोनिक्स, रत्न र गहना तथा समुद्री खानासहित विभिन्न क्षेत्रमा अर्बौं डलरको भारतीय निर्यातलाई हानि पुर्‍याउने विशेषज्ञहरूले बताएका छन् ।
भारतले वासिङ्टनसँग व्यापार सम्झौताको पहिलो चरणमा काम गरिरहेको छ र वार्ताकारहरूले विगत तीन महिनामा धेरै पटक भ्रमण गरेका छन् ।
ह्वाइट हाउसले भारतलाई कृषि उत्पादन र अटोमोबाइल लगायत विभिन्न उत्पादनमा कर घटाउन दबाब दिइरहेको बेला नयाँदिल्लीले कपडा र जुत्ता जस्ता श्रम–गहन निर्यातका लागि बढी पहुँचको माग गरिरहेको स्थानीय मिडिया रिपोर्टहरूले बताएका छन् ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले यस हप्ता दुई देशबीचको व्यापार सम्झौता ‘निकट भविष्यमा’ हुने अपेक्षा गरिएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि