२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैशाख १० गते हुने तेस्रो जिल्ला प्रतिनीधी परिषद बैठकको तयारी तीब्र

६ बैशाख २०७३, सोमबार ०२:१४

कमल रावल/बैशाख ६, अछाम । नेकपा एमाले अछामले यही बैशाख १० गते हुने तेस्रो जिल्ला प्रतिनीधी परिषद बैठकको तयारी तीब्र पारेको छ ।

पूर्ब प्रधानमन्त्री माधव कुमार नेपाल र पार्टीका उपाध्यक्ष भिम रावलको बिशेष उपस्थीतिमा हुने परिषद बैठकको तयारी तिब्र पारिएको हो । परिषद बैठक बारे जानकारी दिन एमालेले आज मंगलसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा त्यसबारे जानकारी गराएको छ ।

परीषद बैठकमा जनबर्गीय संगठनका प्रमुख, नगर कमिटीका पदाधीकारी, नगरका वडा अध्यक्षहरु, गाँउ कमिटीका अध्यक्षहरु, इलाका कमिटीका पदाधीकारी, क्षेत्रिय कमिटीका सबै पदाधीकारी, जिल्ला सल्लाहकार समिति र जिल्ला कमिटीका पनि सबै पदाधीकारीहरुको उपस्थीति रहने भएको छ ।

परिषदमा पार्टीको सांगठनीक अवस्था बारे छलफल गर्नुका साथै आगामी आर्थीक बर्षमा गर्ने कार्ययोजना तयार पारेर कार्यक्रता तहको सुझाब पनि संकलन गरिने छ । जसबाट पार्टी लाई अझ शसक्त बनाउन मद्दत पुग्ने बिश्वास गरिएको छ ।

परिषदको तयारी स्वरुप एमालेले वडा, नगर हुदै गाँउ तथा इलाका र क्षेत्रिय कमिटीहरुलाई पनि भब्य रुपमा तयारी थाल्न निर्देशन दिइसकेको छ । जस अनुसार मंगलसेन नगर कमिटीले बैठकको अयोजना गरी बिभीन्न जिम्मेवारी बाडफाड गर्दै तयारी सुरु गरेको छ । नगर कमिटीले बिभीन्न उप समिति नै गठन गरी जिम्मेवारी बाडफाड गरेको हो ।

सो दिन नगरका वडा नम्बर १, २,६, ७, ५, ८, ९ , १०, ११ बाट नाराजुलुस सहित र्याली निकालीदैछ भने वडा नम्बर ३ र ४ ले भब्य रुपमा बाजागाजा सहित जुलुस निकाल्ने तयारी गरेका छन । पत्रकार सम्मलेनमा परीषद बारे प्रचार प्रसारका लागि पनि तीब्र रुपमा समन्वय भैरहेको जानकारी गराइएको थियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष शेर बहादुर कुँवरको बिशेष उपस्थीतिमा भएको पत्रकार भेटघाटमा सचिब यज्ञ बोगटी र नेता कृष्णप्रसाद जैसीको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने