2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पाइजाको उपचारमा हङकङबाट रु चार लाख बढी सहयोग

भदौ १२,म्याग्दी। आन्द्राको क्यान्सरबाट पीडित म्याग्दी रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमाया पाइजाको उपचारमा हङकङबाट रु चार लाख भन्दा बढीको सहयोग जुटेको छ । 

हङकङमा रहेका म्याग्दी पाखापानी र चिमखोलावासीको पहलमा संकलन भएको रु दुई लाख १६ हजार ४१० तथा पात्लेखककी राममाया गर्वुजा ९पाइजा०को पहलमा संकलन भएको रु दुई लाख ५ हजार ३२० गरी कुल रु रु चार लाख २१ हजार ७३० पीडित पाइजालई उपलब्ध गराइएको छ । सो सहयोग समन्वयकर्ता हीराबहादुर थापामार्फत उपचाररत पाइजालाई हस्तान्तरण गरिएको हो । 

उपचारमा आर्थिक अभाव भएपछि जीवनरक्षाका लागि अस्पतालकै श्ययाबाट सहयोगको याचना गरेको सम्बन्धमा राससमार्फत विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि पाइजाको उपचारका लागि आर्थिक सहयोग जुटाएर उपलब्ध गराएको मोना हङकङका अध्यक्ष कर्ण पुनले बताउनुभयो । उहाँले सहयोगदाता सबैलाई धन्यबादसमेत ज्ञापन गर्नुभएको छ । 

यसअघि अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाइजाले रु दुई लाख २८ हजार ४५ सहयोग जुटाएर पीडित पाइजाको उपचारमा सहयोग गर्नुभएको थियो । 

आन्द्राको क्यान्सरबाट पीडित भई भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत पाइजाले आफ्नो उपचारमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन् । विगत दुई महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत पाइजाको आन्द्रामा घाउ भएर क्यान्सर भएको पुष्टि भए पनि आर्थिक अभावले उपचार प्रभावित भएको थियो । 

दुई वर्षदेखि सो समस्याबाट पीडित भए पनि पोखराका विभिन्न अस्पतालमा उपचार गर्दा अहिलेसम्म झण्डै साढे पाँच लाख सकिसकेको घरपरिवारको भनाइ छ । कृषि पेसाबाट जीविकोपार्जन गर्दैआएका पाइजा परिवारले अहिलेसम्म कतिपय खर्च ऋण र सापटसमेत गरेर जुटाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई