2026-09-19 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा तीस हजार दर्शक अट्ने रंगशाला निर्माण हुँदै

भदौ १२, दाङ । आगामी २०७५ सालमा हुने वृहत ८ औँ राष्ट्रिय प्रतियोगीतालाई मध्यनजगर गर्दै दाङमा रंगशाला निर्माण हुने भएको छ । 

दाङ जिल्ला खेलकुद विकास समितिले बेलझुण्डीमा रहेको समितिको जग्गामा रंगशाला निर्माण गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले जानकारी दिनुभएको छ । 

खेलकुद विकास समितिको १५ बिगाहा जमिनमा यही आर्थिक वर्षभित्र रंगशाला निर्माणको काम सुरु गरिने र यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले रु दुई करोड रकम विनियोजन गरिसकेको छ । पहिलो चरणमा फुटबलका लागि फिल्ड र ट्र्याक निर्माण हुने अध्यक्ष डाँगीले बताउनुभयो । तीस हजार दर्शक अट्ने गरी रंगशाला निर्माण हुने छ । 

पहिलोचरणमा फुटबलका लागि रंगशाला तयार हुनेछ भने विस्तारै अन्य भौतिक संरचना निर्माणका लागि थप बजेटसमेत उपलब्ध हुने उहाँले बताउनुभयो । 

त्यसैगरी यो वर्ष रामपुरमा रहेको क्रिकेट मैदानका लागि रु २० लाख र त्यहाँ रहेको खेलकुद विकास समितिको ४५ बिगाह जमिन संरक्षणका लागि रु १० लाख बजेट छुट्याइएको डाँगीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो