पर्वत । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको नक्सासहितको प्रतिवेदन तयार पारेको छ । नक्सा बनाउने कार्यले अझै पूर्णता पाएको छैन जसका कारण प्रतिबेदन बुझाउन ढिला भैराखेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको नक्सासहितको प्रतिवेदन तयार पारेको छ । नक्सा बनाउने कार्यले अझै पूर्णता पाएको छैन जसका कारण प्रतिबेदन बुझाउन ढिला भैराखेको छ ।

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश र केन्द्रको क्षेत्र निर्धारण-प्रतिनिधिसभामा १६५, प्रदेशसभामा ३३० क्षेत्र (कहाँ कति हेर्नुहोस)

२०७४, १२ भाद्र सोमबार १०:०१

भदौ १२, पर्वत । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका गरी कुल ४९५ वटा निर्वाचन क्षेत्रको नक्सासहितको प्रतिवेदन तयार पारेको छ । नक्सा बनाउने कार्यले अझै पूर्णता पाएको छैन जसका कारण प्रतिबेदन बुझाउन ढिला भैराखेको छ ।

आयोगलाई निर्वाचन क्षेत्र निर्धारणका लागि भदौ १४ सम्मको समय तोकिएको थियो । समयभित्र काम सकिएको र नक्सा बनेपछि ढिलोमा मंगलबारसम्म प्रतिवेदन बुझाइने आयोगका प्रवक्ता बगेन्द्रराज पौडेलले बताए ।

पौडेलले भने–प्रतिनिसिभाका १६५ र प्रदेशसभाका ३३० गरी जम्मा ४९५ निर्वाचन क्षेत्र निर्धारण भएका छन् । यो भन्दा बढी केही पनि बोल्न मिल्दैन ।

जिल्लाको निर्वाचन क्षेत्र निर्धारण गर्ने क्रममा सदस्यहरूबीचमा विवाद देखिएको छ । क्षेत्र निर्धारण गर्दा सत्तारुढ दलहरू हाबी भएको भन्दै प्रतिपक्षी दलको तर्फबाट आयोग सदस्य बनेका डा. विश्वकल्याण पराजुलीले असहमति जनाएका छन् । स्रोतका अनुसार आयोगको प्रतिवेदनमा पराजुलीले असहमति दर्ज गर्दै छन् । पराजुली एमालेको कोटाबाट आयोग सदस्य भएका हुन् ।

युद्दस्तरमा प्रतिबेदन बनाउने तयारीमा आयोगका कर्मचारी जुटेका छन् । जसका कारण उनीहरु विहानदेखि राती अबेरसम्म खटिने गरेका छन् । तर अझै पनि प्रतिबेदनले पूर्णता पाउन भने सकेको अबस्था छैन ।

आयोग स्रोतका अनुसार निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मुख्य आधार बनाइएको छ । तर, एउटा जिल्लामा एउटा क्षेत्र नघट्ने गरी भूगोललाई पनि आधार बनाइएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाका १५ निर्वाचन क्षेत्र यथावत राखेर प्रदेशसभामा उपत्यकाभित्रबाट ३० क्षेत्र तय गरिएको बताइएको छ ।

९५ दल दर्ता

प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि ९५ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले खुलाएको दल दर्ताको अन्तिम दिन आइतबारसम्म ९५ वटा दल दर्ता भएका हुन् । आयोगले १४ साउनमा दल दर्ताको लागि सूचना जारी गरेको थियो । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पनि दुवै निर्वाचनका लागि आइतबार दल दर्ता गराएको छ । आगामी १० मंसिरमा प्रदेश सभा र प्र्र्तिनिधिसभाको निर्वाचन हुँदै छ । आयोगले निवेदन दिने दलहरूले पेस गरेको कागजात छानबिन गरेपछि निर्वाचनका लागि भाग लिने दलको सूची सार्वजनिक गर्नेछ ।

कुन जिल्लामा कसरी निर्धारण ?

प्रदेश नं ६ मा सुर्खेत र दैलेख बाहेक सबै जिल्लामा प्रतिनिधिसभाका एक(एक निर्वाचन क्षेत्र हुनेछन् । अरु जिल्लामा दुईरदुई क्षेत्र हुनेछन् । प्रदेशसभामा भने सुर्खेत र दैलेखमा चाररचार हुनेछन् ।

आयोग स्रोतका अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी मोरङमा ६ वटाण् निर्वाचन क्षेत्र प्रतिनिधिसभामा र १२ वटा प्रदेशसभामा निर्धारण भएका छन् । त्यस्तै झापामा प्रतिनिधिसभा ५ र प्रदेशसभा १० क्षेत्र हुनेछन् । सुनसरीमा प्रतिनिधिसभा ४ र प्रदेशसभा ८ क्षेत्र हुनेछन् ।

इलाम र उदयपुरमा प्रतिनिधिसभा २ क्षेत्रको र प्रदेशसभा ४ क्षेत्र निर्धारण भएको छ । एक नम्बर प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलखुम्बु, ओलखढुंगामा एक एक क्षेत्र निर्धारण भएका छन् । प्रदेशसभामा भने २ क्षेत्र हुनेछन् ।

प्रदेश नम्बर २ मा धनुषाले प्रतिनिधि सभामा ५ र प्रदेशसभामा १० निर्वाचन क्षेत्र पाएको छ । सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, रौतहट र बाराले चाररचार निर्वाचन क्षेत्र प्रतिनिधिसभामा पाएका छन् । पर्सामा ३ निर्वाचन क्षेत्र हुने स्रोतले जनाएको छ ।

प्रदेश नम्बर ४ मा कास्कीले प्रतिनिधिसभामा ३ क्षेत्र पाउने भएको छ । गोरखा, स्याङ्जा तनहुँ, बागलुङ र आधा नवलपरासीले दुईरदुई क्षेत्र पाउनेछन् । लमजुङ, मनाङ, पर्वत, म्याग्दी र मुस्ताङमा प्रतिनिधिसभाको सीट संख्या एकरएक क्षेत्रमा सीमित हुनेछन् । पर्वतमा प्रदेशसभा भने दुई वटा निर्वाचन क्षेत्र हुनेछन । अहिले रहेको प्रतिनिधी सभामा रहेकै भूगोल कायम गरि प्रदेशसभा गठन हुने भएको छ । जस अनुसार कुस्मा नगरपालिका, जलजला र मोदी गाउँपालिका प्रदेश नं १ मा रहनेछन भने फलेबास नगरपालिका , पैंयु, बिहादी, महासिला गाउँपालिका प्रदेश नं २ मा रहनेछन ।

प्रदेश नम्बर ७ मा कैलाली ५ र कञ्चनपुरमा ३र क्षेत्र रहनेछन् भने अछाममा २ निर्वाचन क्षेत्र प्रतिनिधिसभाका लागि निर्धा्रित भएका छन् । अन्य जिल्लाहरु डडेलधुरा, डोटी, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा एकरएक निर्वाचन क्षेत्र कायम भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी