३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध : अर्थशास्त्री इगोर

२५ जेष्ठ २०८२, शनिबार १७:३७

संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा एल्युमिनियममा ५० प्रतिशतसम्मको भन्सार शुल्कवृद्धिले विश्व व्यापारमा असन्तुलन र अविश्वास बढ्न सक्ने चिन्ता एक वरिष्ठ अर्थविश्लेषकले व्यक्त गर्नुभएको छ ।

बोस्निया हर्जेगोभिनाका आर्थिक विश्लेषक गावरान इगोरले अमेरिकाको पछिल्लो निर्णयले बहुपक्षीय व्यापार प्रणालीलाई कमजोर पार्ने भन्दै यस्तो एकपक्षीय कदमले दीर्घकालीन रूपमा सबै देशहरूलाई असर गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “यस प्रकारका एकतर्फी नीतिहरूले आपसी विश्वासलाई खल्बल्याउँछ र साझेदार देशहरूलाई समकक्षको रूपमा नभई अधीनस्थको रूपमा व्यवहार गरिएको महसुस गराउँछ ।”

उहाँले निष्पक्ष, पारस्परिक सहयोग र आपसी लाभमा आधारित विश्वव्यापी व्यापार प्रणालीको आवश्यकता औंल्याउँदै यस्ता कार्यहरूलाई ‘आर्थिक दबाब’ तथा ‘अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन’ को रूपमा व्याख्या गर्नुभयो ।

बोस्नियाको अर्थतन्त्र मुख्यतः युरोपेली आपूर्ति श्रृङ्खलासँग जोडिएको बताउँदै उहाँले नयाँ भन्सार नीतिको प्रत्यक्ष असर रक्षा तथा धातुजन्य निर्यात उद्योगहरूमा पर्न सक्ने उल्लेख गर्नुभयो । अमेरिकामा हुने बोस्नियाली निर्यातमध्ये ६० प्रतिशतभन्दा बढी रक्षा क्षेत्रमा केन्द्रित रहेको र हाल ती सामानमा ३५ प्रतिशतसम्म शुल्क लाग्ने भएको जानकारी दिनुभयो ।

उहाँले अन्त्यमा साना अर्थतन्त्र भएका मुलुकहरूको हितका लागि निष्पक्ष, स्थिर र बहुपक्षीय व्यापार संरचना विकास गर्न विश्व समुदायले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा