2026-09-15 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा लिभिङमा बस्दै आएको नेपाली महिलाको हत्या, एक नेपाली युवक पक्राउ

काठमाडौँ । भारतको हैदराबादमा एक नेपाली महिलाको हत्या आरोपमा नेपाली युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति ३० वर्षीय विजय टोप्पा उर्फ विल्सन हुन्, जो हैदराबादस्थित एक रेस्टुरेन्टमा सेफको रूपमा कार्यरत थिए। उनीमाथि लिभिङ टुगेदरमा रहेकी ३३ वर्षीया गर्भवती प्रेमिका तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।

प्रहरीका अनुसार, ताराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित एक सुनसान आवासीय क्षेत्रमा फालिएको अवस्थामा, लगेज ब्यागभित्र फेला परेको थियो।

तारा विवाहित थिइन् र उनका दुई सन्तान छन्। उनले गत अप्रिल १५ मा हैदराबाद आइ विजयसँग बोवरमपेटस्थित भाडाको घरमा बस्न थालेकी थिइन्। फेसबुकमार्फत चिनजान भएका, उनीहरूबीच प्रेम सम्बन्ध रहेको जनाइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, मे २३ मा गर्भावस्थाबारेको विवादपछि विजयले नाइलन झोलाको डोरी प्रयोग गरी ताराको हत्या गरेको स्वीकार गरेका छन्। स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

हैदराबाद प्रहरीले घटनाको अनुसन्धानका लागि पाँचवटा विशेष टोली गठन गरी, सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ। यसबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै