३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विद्युत् काट्नुअघि पूर्व सूचना दिन माग, उच्च अदालत पाटनमा रिट

२६ जेष्ठ २०८२, आईतवार १८:२६

काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुनुअघि उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यममार्फत पूर्व सूचना दिन अनिवार्य व्यवस्था गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ।

कानुन संकायका विद्यार्थी विवेक चौधरीले आइतबार दायर गरेको उक्त रिट निवेदनमा विद्युत् सेवा अवरुद्ध हुने अवस्था आउनु अगावै उपभोक्तालाई जानकारी दिनुपर्ने संवैधानिक दायित्वको उल्लेख गरिएको छ। उनले रिटमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाएका छन्।

रिटमा भनिएको छ, “संविधानको धारा २७ ले नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको सन्दर्भमा, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम राख्न र उपभोक्ताको विश्वास सुदृढ गर्न, विद्युत् सेवा अवरुद्ध हुनुअघि वा लगतै स्पष्ट र प्रभावकारी सूचना उपलब्ध गराउनु आवश्यक छ।”

निवेदक चौधरीले विद्युत् सेवा जस्तो आधारभूत सेवामा जानकारीको अभावले आम नागरिकको दैनिक जीवनमा प्रतिकूल प्रभाव पर्ने भएकाले संवैधानिक र उपभोक्ता अधिकारको संरक्षणको लागि परमादेश आदेश माग गरेका छन्।

रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि सोमबारको दिन उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली