शेरबहादुर सिंह। भदौ १३,भीमदत्तनगर। कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ । 

आठसय मिटर लम्बाइ रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शेरबहादुर सिंह। भदौ १३,भीमदत्तनगर। कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ । 

आठसय मिटर लम्बाइ रहेक"/>

2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महाकाली नदीमा चारलेनको पुल निर्माणको तयारी

शेरबहादुर सिंह। भदौ १३,भीमदत्तनगर। कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ । 

आठसय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । 

यसका लागि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री भीमदत्तनगर आउने कार्यक्रम तय भइसकेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री देउवासँगै पुल शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुखलगायतको सहभागिता रहने कार्यक्रम रहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । 

“पुल निर्माणका लागि निर्माण कम्पनीसित ठेक्का सम्झौता भइसकेकाले अब काम तत्काल अगाडि बढ्छ ।” पन्तले भन्नुभयो– “पुल निर्माणका लागि रकमको कुनै समस्या हुँदैन ।” 

सरकारले पुल निर्माणका लागि चालु आवमा रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ जसमध्ये रु १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । 

पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म चार लेनको सात किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ । पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पनि निर्माणका लागि आवश्यक सुरुवाती काम थालिसकेको छ । 

कुमार श्रेष्ठ निर्माण सेवाका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठ (पिके श्रेष्ठ) ले पुल निर्माणका लागि महाकाली नदी छेउमा क्याम्प स्थापना गर्नुका साथै विभिन्न मेसिनसमेत जडान गरिरहेको जानकारी दिनुभयो । 

“पुलको काम दिनरात गरेर दु्रतगतिमा अगाडि बढ्छ ।” उहाँले भन्नुभयो– “निर्माण संबद्ध पक्षबाट कुनै खालको समस्या आउँदैन ।” स्क्रीनिङ प्लान्टलगायतका विभिन्न संरचना स्थापना गर्ने काम जारी रहेको पनि निर्माण कम्पनीले जनाएको छ । “दशैँलगत्तै पुलको काम दु्रतगतिमा चल्छ ।” श्रेष्ठले भन्नुभयो– “अहिले शिलान्याससँगै अन्य काम हुनेछन् ।” गत चैत महिनामा पुल योजनाको कार्यालय महेन्द्रनगरमा स्थापना भएको थियो । 

त्यसैगरी, पुल निर्माणको सुरसार भएसँगै महाकाली किनार क्षेत्रका बस्तीमा भने खुसीयाली छाएको छ । पुलसँगै सडक र तटबन्ध निर्माण हुने खबरले स्थानीयवासी हर्षित छन् । 

“अब त पुल बनेपछि आवागमन सहज हुनुका साथै यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने भन्दै स्थानीयवासी हर्षित छन् ,” पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ का वडाध्यक्ष कृष्ण देउवाले भन्नुभयो– “सडक सञ्जाल विस्तार हुने जमिनमा ऐलानी बसोबास रहेकाले सोको व्यवस्थापनका लागि सघन छलफल गरिरहेका छौँ ।” 

उहाँले सडक विस्तारका क्रममा ऐलानीमा दशकौँदेखि बस्दै आएका स्थानीयलाई घरबास व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासित पनि गुहार माग्ने योजना बनिरहेको सुनाउनुभयो । 

त्यसैगरी, सँगै जोडिएका भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुल निर्माणले सुदूरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्नेमा आशावादी रहेको बताउनुभयो । 

“स्थानीयवासी पनि पुल बने किनारमा व्यापार/व्यवसाय फष्टाउने भयो भनेर खुशी छन्,” वडाध्यक्ष शाहीले भन्नुभयो– “यो पश्चिमकै ठूलो आर्थिक नाकाका रुपमा विकास भए हाम्रो बस्ती त्यसै विकसित हुन्छ ।” रासस, फाइलफोटो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो