भदौ १३, बाजुरा | बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताउनुभएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, बाजुरा | बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताउनुभएको छ । 
2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘बाजुराको विकास एकद्वार प्रणाली’

भदौ १३, बाजुरा | बाजुराको समग्र विकासका लागि एकद्वार प्रणालीबाट अगाडि बढ्ने जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकायाले बताउनुभएको छ । 

आइतबार यहाँ आयोजित आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा उहाँले जिल्लाको विकासका लागि कुनै बाधा नपुर्याउने बताउनुभयो । 

जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसँग जिल्ला समन्वय समितिका पदाधिकारीको चयन भएपछि परिचयात्मक तथा स्थानीय तहमा रहेका गाउँपालिका र नगरपालिकामा समन्वयात्मक कार्य गर्नका लागि आयोजित कार्यक्रममा प्रमुख रोकायाले सडक शिक्षालगायतका क्षेत्रमा एकद्वार प्रणालीको नीति अपनाएर लैजानेमा प्रतिबद्धता जनाउनुभएको हो । 

जिल्लाको विकासका लागि गरिने निर्णयलाई राजनीतिक दलको सुझाव सल्लाहलाई मध्यनजर गर्दै जाने प्रमुख रोकायाको भनाइ रहेको छ । विकास कार्यका लागि निर्णय गर्दा कुनै बाधा अड्चन नगर्न राजनितिक दलहरुलाई प्रमुख रोकायाले आग्रह गर्नुभएको छ । 

जिल्लामा हुने विकास निर्माण कार्य र अन्य संघसंस्थाले गर्ने कामको बफादारी भएर लाग्नेमा जोड दिनुभएको छ । अबको युग भनेको नैै उपलब्धिमूलक भएकाले कामभन्दा उपलब्धि देखाउन सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखसँग आग्रह गर्नुभएको छ । 

कार्यक्रम लिएर कुनै उपलब्धि नभए त्यसको कुनै औचित्य नहुने उहाँले बताउनुभयो । आयोजित कार्यक्रममा प्रमुखले मात्र केही नहुने हँुदा विकासमा सबैले जिम्मेवार हुनुपर्छ– रोकायाले भन्नुभयो । 

समन्वयात्मक कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले जिल्लाको र नगर तथा गाउँपालिकाको नीति नियममा सबैले पालना गरे विकासमा कुनै समस्या नहुने बताउनुभएको छ । 

आफूले नगरको विकासका लागि सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभएको छ । नेकपा (एमाले)का उपसचिव गगन रावलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन भएकाले नवनिर्वाचित पदाधिकारीले जनतामुखी काम गर्न आग्रह गर्नुभएको छ । उहाँले जिल्ला, गाउँपालिका र नगरपालिकामा कृषि क्षेत्रलाई बढी प्राथमिकता राख्नुपर्ने बताउनुभएको छ । 

रावलले स्थानीय तह सञ्चालनका लागि स्पष्ट खाका नभएकाले काम गर्न त्यति सहज नभएपनि विकास देखिने गरी काम हुनुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको विकासमा सबैले एक भएर जानुपर्ने रावलको भनाइ छ । अबको प्रदेश तथा संघीय चुनाव तोकिएको समयमा हुनुपर्ने माग गर्नुभएको छ । 

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लाका नौवटै स्थानीय तहका शान्ति सुरक्षा कायम गर्न कटिबद्ध भएर लाग्ने बताउनुभएको छ । जिल्लाको विकासमा कुनै बाधा आउन नदिन सुशासन कायम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । 

आपसी समन्वयात्मक तथा परिचयात्मक कार्यक्रममा नवनिर्वाचित पदाधिकारी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा पत्रकारको सहभागिता रहेको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई