२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ओलिगाउमा ९ औँ संस्करणको क्रिकेट प्रतियोगिता आगामि बैशाख १७ गते बाट हुदै

१३ बैशाख २०७३, सोमबार ०४:३२

कमल रावल/ बैशाख १२ अछाम । अछाम जिल्लाको ओलिगाउमा बर्षेनि हुने जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको ९ औँ संस्करण आगामि बैशाख १७ गते बाट सुरु हुने भएको छ । ९ औँ संस्करणको प्रतियोगिता जिल्लामै सबै भन्दा ठुलो धनराशिको प्रतियोगितामा हुने भएको छ । जसमा यसपालिको प्रतियोगितामा प्रथम पुरुस्कार ३५ हजार धनराशि बनाईएको छ ।

यस वर्षको प्रतियोगिता मंगला विकास क्लब ओलिगाउको आयोजना र जिल्ला युवा संञ्जाल अछामको सह आयोजनामा हुने भएको छ । गत वर्ष पनि अछाममै ठुलो धनराशि ३० हजार गरिएको र यस वर्ष त्यो भन्दा बढी धनराशि बढाएर ३५ हजार बनाईएको आयोजक मंगला विकास क्लब ओलिगाउका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । प्रतियोगिता बर्षेनि भव्य रुपमा हुदै आएकाले यस वर्ष पनि त्यसै अनुरुप सबै तयारीलाई अघि बढाईएको बताउनु भयो ।

जिल्लाको भौगोलिकता र मैदानको अभावले गर्दा यो वर्ष पनि ओलिगाउमा टेनिस बलद्धारा नै खेल खेलाईने भएको छ । यति बेला सबै क्लबका पदाधिकारी, सदस्य र खेलाडी सदस्य मैदान ब्यावस्थापन लगाएतको काममा लागि परेका खेलाडी केशर रावलले बताए । यस वर्षको प्रतियोगिताका लागि मुख्य प्रायोजकका रुपमा भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुस्प किराना पसल र जनज्योति वोडिग स्कुल ओलिगाउ अछाम रहेका प्रतियोगिताको सह आयोजक जिल्ला युवा संञ्जाल अछामका सचिव कमल रावलले बताउनु भयो ।

साथै प्रतियोगिता सफल पार्नका लागि वैदेशिक रोजगारको शिलशिलमा विदेश गएका ओलिगाउकै युवा रमेश रावल, रतन रावल, राम रावल, टँक रावल र भरत रावलले समेत सहयोग गर्ने भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने