२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुर्गा प्रसाईंलाई थुनाबाहिर राख्न भीमार्जुन आचार्यसहित ६ वकिल इजलासमा

२७ जेष्ठ २०८२, सोमबार १३:४९

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसहित ६ जना, तीनकुने घटनामा संलग्नता देखाउँदै पक्राउ परेका दुर्गा प्रसाईंलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा प्रसाईंका पक्षबाट डा. आचार्य, बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, टंक दुलालसहित ६ जना अधिवक्ताले अदालतमा बहस प्रस्तुत गरेका हुन्।
वकिलहरूले प्रसाईंको सो घटनामा प्रत्यक्ष संलग्नता नरहेको दाबी गर्दै, उनलाई थुना बाहिर राखेर कानुनी प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्।

प्रसाईंविरुद्ध राज्यविरुद्धको अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध लगायतका आरोपमा मुद्दा दायर गरिएको छ।

एकैपटक ३९ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराइएको हुँदा बकपत्र प्रक्रियामा धेरै दिन लागेको थियो। बकपत्र सकिएपछि जिल्ला न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस जारी छ। सरकारी पक्षबाट तीन दिन बहस भएको थियो भने त्यस पश्चात् आइतबारदेखि प्रसाईंका पक्षबाट बहस सुरु भएको हो। प्रसाईंका पक्षबाट बहस सकिएपछि अन्य प्रतिवादीहरूको तर्फबाट बहस हुनेछ।

अन्तिम चरणमा सरकारी वकिलले जवाफी बहस प्रस्तुत गरेपछि अदालतले प्रसाईं र अन्य प्रतिवादीलाई थुनामै राख्ने वा थुनाबाहिर राख्ने भन्ने विषयमा निर्णय सुनाउनेछ।

यसअघि, भाटभटेनीमा लुटपाट भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध छुट्टै मुद्दा दायर भएको थियो, जसमा उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिइएको थियो। अन्य ४ जना नाबालकविरुद्ध भने बाल अदालत, भक्तपुरमा मुद्दा चलाइएको छ।

तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि भएको झडपका क्रममा घरमा आगजनी हुँदा पत्रकार सुरेश रजकको ज्यान गएको थियो भने प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य