२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई पीडा भुल्न मनोपरामर्श

२०७४, १३ भाद्र मंगलवार ०९:०८

भदौ १३,इटहरी। पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त तुल्याउ मनोपरामर्श तालीम दिन थालिएको छ । 

बाढीबाट परिवारका सदस्य गुमाउन पुगेका तथा घरबारविहीन भई त्रस्त भएका व्यक्तिलाई सहज अवस्थामा ल्याउने उद्देश्यले काठमाडौँबाट आउनुभएकी मनोपरामर्शदाता कञ्चन रावतले यस क्षेत्रका पीडित माझमा मनोरञ्जनात्मकरुपले पीडा भुलाउने अभ्यास गराइरहनुभएको हो । 

उहाँले क्विक भोलेन्टियर्सका युवा एवं अन्य समुदायको सहयोगमा मनोपरामर्श र योग अभ्यासका साथै दैवी प्रकोप हुँदा व्यहोनुपर्ने कहालीलाग्दो अवस्था एवं त्यसले मानवीय जीवनमा पार्ने कष्टकर अवस्थालाई कसरी भुल्ने भन्ने विषयमा अभ्यस्त हुन सिकाउँदै आउनुभएको छ । 

मनोपरामर्शदाता कञ्चन रावतले अझै एक हप्ताभन्दा बढी समय बाढी प्रभावित क्षेत्रमा रहेर त्यस प्रकारको प्रशिक्षण दिने पनि जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते