2026-08-29 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका चार गाविस भूक्षयको उच्च जोखिममा

बैशाख १३,  अछाम । अछाम जिल्लाका चार गाविस भूक्षयको अति जोखिममा रहेको पाइएको छ । जिल्लाका अति दुर्गम रहफ, भैरवस्थान, खप्तड र बाब्ला गाविस भूक्षयको अति जोखिममा रहेको पाइएको हो । जिल्ला भू–संरक्षण कार्यालयले गरेको अध्ययनले उक्त गाविसहरु भूक्षयको जोखिममा रहेको पाइएको बताइएको छ।

ग्रामीण क्षेत्रमा रहेका ती गाविसमा रहेका वनजङ्गल मासिनु, पानीका मुहान सुक्नु, पहिरो जानु, पहिलेको तुलनामा मौसममा परिवर्तन आउनुलगायतका सङ्केत देखिएकाले भूक्षयको अति जोखिम रहेको जिल्ला भू–संरक्षण कार्यालय, अछामले जनाएको छ।

तीनवटा नगरपालिका र ५५ वटा गाविस रहेको जिल्लाका अन्य केही गाविससमेत जोखिममा रहेको बताइएको छ।

करिब नौ महिना अगाडि मात्र जिल्लामा स्थापना भएको जिल्ला भू–संरक्षण कार्यालयले जिल्लाको भूक्षय नियन्त्रण पानीका स्रोतको संरक्षण वातावरण अनुकूलनलगायतका क्रियाकलाप सञ्चालन गरिरहको जिल्ला भू–संरक्षण अधिकृत शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो