भदौ १३,रत्ननगर (चितवन)। पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ । 

विभिन्न क्षेत्रमा बाढीले बग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३,रत्ननगर (चितवन)। पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ । 

विभिन्न क्षेत्रमा बाढीले बग"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनको कुमरोजमा जिप सफारी सञ्चालन

२०७४, १३ भाद्र मंगलवार १०:००

भदौ १३,रत्ननगर (चितवन)। पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएको सडक मर्मतपछि यहाँ अवरुद्ध भएको जिप सफारी पुनः सञ्चालनमा आएको छ । 

विभिन्न क्षेत्रमा बाढीले बगाएको सडक मर्मतपछि पर्यटकका लागि जिप सफारी सञ्चालनमा आएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिनुभयो । 

सामुदायिक वनले करिब रु दुई लाखको लागतमा सडक मर्मत गरेर सफारी अवरुद्ध भएको जिप सञ्चालनमा ल्याएको हो । गएको साउन २८ गते राति राप्ती नदीमा आएको बाढीले यहाँका विभिन्न बस्ती डुबानसँगै पर्यटन मार्गका विभिन्न क्षेत्र बगाएको थियो । अहिले यहाँ पाँच वटासम्म जिपमा पर्यटकले सफारी गर्ने गरेका छन् । 

कुमरोजभित्र जंगल क्षेत्रको एउटा रुटमा जिप सफारी शुरु भएको र अर्काे रुट सञ्चालनका लागि अझै समय लाग्ने छ । राप्ती नदीको ड्याक क्षेत्रमा बढी क्षति भएकाले दोस्रो रुटमा सफारी सञ्चालन गर्न समय लाग्ने नेपालले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जपछि जिप सफारी शुरु भएको कुमरोजमा पछिल्लो समयमा पर्यटकको आकर्षण बढ्दै गएको छ । गएको पुसदेखि शुरु भएको जिप सफारीबाट मात्रै अहिलेसम्म यहाँ रु ३० लाखको आम्दानी भएको सामुदायिक वनले जनाएको छ । यहाँ हात्ती सफारीसमेत सञ्चालन हुँदै आएको छ । सामुदायिक वनको मुख्य आम्दानी नै पर्यापर्यटन रहेको वनका अध्यक्ष हीराबहादुर गुरुङ बताउनुहुन्छ । 

कुमरोजमा पछिल्लो समयमा बाघ गैँंडाको बासस्थान राम्रो हुँदैगएकाले वन्यजन्तु अवलोनका लागि पर्यटक कुमरोज जाने गरेका छन् । कुमरोजमा दुईवटा मचान निर्माण गरिएकाले रातमा मचानमा बसेर वन्यजन्तु अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । यहाँ थारु, दराई र गुरुङ होमस्टे (घरबास) सञ्चालन गरिएको छ । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ