2026-09-15 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सैलुङ अल्ट्रा रेस’ यसै साता

काठमाडौँ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना तथा एथलेटिक्स परिवार नेपालको समन्वयमा तेस्रो संस्करणको ‘सैलुङ अल्ट्रा रेस’ यसै सातादेखि हुने भएको छ ।

यही जेठ ३१ गतेदेखि रामेछापमा आयोजना हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फ खुल्ला ५५ किलोमिटर दौड र पाँच किलोमिटर दौड सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिका अध्यक्ष लालबहादुर मगरले जानकारी दिए ।

उक्त अल्ट्रा दौड प्रतियोगिता सुनापाति–३ साँदी डाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिदपार्क, डाँडा कटेरी, घले डाँडा, दोरम्बा सैलुङ हुँदै वडा नं १ सैलुङमा आएर सम्पन्न हुनेछ ।

प्रतियोगितामा ५५ किलोमिटर दौडमा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीलाई रु एक लाख तथा दोस्रो हुने खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार प्राप्त गर्नेछ भने चौथोले रु १० हजार तथा पाँचौँ हुने खेलाडीले रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा करिब एक सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै