२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विदेशमा काम गर्न गएर पनि आफनो गाउको क्रिकेट लाई भुलेनन् ओलिगाउका युवाले

१४ बैशाख २०७३, मंगलवार १२:५४

1 Ratan Rawalकमल रावल/ बैशाख १४ अछाम । ओलिगाउका ५ जना युवाले आफनो गाँउको जिल्ला स्तरिय क्रिकेट प्रतियोगितालाई सफल पार्नका लागि विदेश बाट नै सहयोगि हात अघि बढाएका छन । यहि बैशाख १७ गते आफनो गाउमा जिल्लाकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुदैछ भन्ने खबर पाएपछि बिदेशबाट सहयोग रकम क्लबलाई पठाएका छन ।

विगतको लामो समय देखि आयोजक क्लब मंगला विकास क्लब ओलिगाउको तर्फबााट खेल खेलका उनिहरुले आफनो तर्फ एकमुष्ट १७ हजार रुपैया क्लबलाई सहयोग स्वरुप पठाएका छन । मगलसेन नगरपालिका वडा नम्बर ९ घर भई हाल दक्षिण कोरिया रहेका रतन रावल, राम रावल, सयुक्त अरब ईमिरेट्स साउदी रहेका टँक रावल, रमेश रावल र दुवईमा रहेका भरत रावलले यो सहयोग बैक खाता मार्फत नै रकम पठाएका छन ।

2 Ram rawal
२०६१ सालमा क्लबले पहिलो जिल्ला स्तरिय प्रतियोगिता गर्दा २६ सयको धनराशि हुदा ठुला उत्सुकता थियो भन्दै अहिले ९ औँ मा ३५ हजार राशिको प्रतियोगिता गर्दा आफुहरुलाई खुशि लागेकाले रकम पठाएका उनिहरुले बताएका छन । लामो सघर्ष गरि सोही क्लबले आफुहरुलाई क्रिकेट खेल्न सिकाएकाले क्रिकेट क्षेत्रको विकासका लागि आर्थिक रुपमा केहि सहयोग मिलोस भनेर आफुले सहयोग गरेका कोरियाका रतन रावलले बताएका छन । आगामि दिनमा ओलिगाउमा हुने खेलकुद, सामाजिक लगाएत जुनसुकै क्षेत्रमा युवाहरुले काम गरेपनि आफनो तर्फ हरकदम सहयोग गर्न तत्पर रहेको उहाँले बताउनु भयो ।

3 Ramesh rawalयस वर्षको ९ औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता मंगला विकास क्लब ओलिगाउ र जिल्ला युवा संञ्जाल अछामको सयुक्त आयोजनामा बैशाख १७ गते सुरु हुन लागेको छ । अछाम जिल्लामा प्रतियोगितालाई सफल पार्नका लागि प्रायोजक भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुस्प किराना पसल, अनुस्का किराना पसल र जनज्योति वोडिग स्कुल ओलिगाउ अछाम रहेका छन । भने जिल्ला स्थित सबै छापा तथा ईलेक्ट्रोनिक्स सञ्चार माध्याम मिडिया पार्टनर रहेका छन ।

4 Tanka Rawal

5 bharat rawal

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने