सास/ काठमाडौँ | बैदेशिक रोजगारी तथा बिभिन्न शिलशिलामा नेपालीहरु यत्रतत्र छन् । त्यसोत नेपालीहरुलाई मात्र नभई संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ्नो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास/ काठमाडौँ | बैदेशिक रोजगारी तथा बिभिन्न शिलशिलामा नेपालीहरु यत्रतत्र छन् । त्यसोत नेपालीहरुलाई मात्र नभई संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ्नो"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ९ देश, जहाँ जुनसुकै देशका नागरिकले सजिलै नागरिकता पाउन सक्छन्

१३ भाद्र २०७४, मंगलवार ११:५९

सास/ काठमाडौँ | बैदेशिक रोजगारी तथा बिभिन्न शिलशिलामा नेपालीहरु यत्रतत्र छन् । त्यसोत नेपालीहरुलाई मात्र नभई संसारमा हरेक मानिसको इच्छा हुन्छ कि उसलाई आफ्नो मनले चाहेको ठाउँमा सजिलै जान पाइयोस्, तर आफू गएको देशमा बस्ने आफुले चाहेको समयसम्म बस्न तथा उक्त देशले सजिलै नागरिकता नदिने हुँदा मानिसको सपना त्यसै तुहिन्छ  ।

कतिपय यस्ता उदाहरण पनि छन् कि कतिपय देशमा बस्न मन लागेका हरुले सो देशमा बिबाह गरेर पनि नागरिकता लिने गर्छन । यस्तै आज हामी तपाईलाई ९ यस्तो देशको बारेमा बताउन गई रहेका छौं जहाँ बिदेसीलाई पनि सजिलै नागरिकता दिने गरिएको छ । ति देशहरुमा परिक्षा पास गरेपछि सजिलै नागरिकता पाउन सकिन्छ… कुन-कुन हुन् त ति देश.. बिस्तारमा जानकारी लिनुहोस् :- 

१. रूस

रूसलाई विश्वकै शक्तिशाली देश मध्ये एक मान्ने गरिन्छ । यदी तपाइँ रुसमा बस्न चाहनुहुन्छ भने यसको लागि तपाइले एउटा परिक्षा दिनुपर्ने हुन्छ साथै केहि नीतिहरु पास गर्नुपर्ने हुन्छ । रूसमा नागरिकतालिनको लागि पहिले तपाइले कर भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसपछी रशियन भाषा सिकाई र भाषा टेस्ट पास गर्नुपर्ने हुन्छ । यति भएपछी तपाइ जुन देशको नागरिक भए पनि तपाइले रुसमा नागरिकता प्राप्त गर्न सक्नु हुनेछ ।


२. बेलीज

उत्तरी अमेरिकी देश बेलीजमा नागरिकता पाउन पनि निकै सजिलो छ । यहाँको नागरिकता पाउनको लागि यो देशमा पाँच बर्ष भने बिताउनुपर्छ । त्यसको साथै तपाईको मासिक कमाई दुई हजार डलर हुनुपर्छ । यो देशमा सामान्य स्तरका नागरिकले पनि २ हजार भन्दा बढी कमाउन सक्छन ।

 

३. डोमेनिकन रिपब्लिक

यदी तपाई डोमेनिक रिपब्लिकको नागरिकता लिन चाहनुहुन्छ भने तपाई त्यहाँको रियल स्टेट वा कुनैपनि बिजनेसमा २ डलर सेएर हाल्नुपर्ने हुन्छ । साथै तपाइँलाई आफ्नो नियमित कमाईको पनि प्रमाण देखाउनुपर्ने हुन्छ । यहाँको जुनसुकै ब्यबसायको बजार अमेरिका तथा युरोप भएकाले यहाँ लगानी गर्दा घाटा हुँदैन । त्यसैले बिदेशी लगानीकर्ताहरु पनि यहाँको नागरिकता लिनको लागि यस्तै बाटो अपनाउने गर्छन ।


४. इक्वेडर

तपाइँसँग एक हजार डलर छ भने र तपाइको कुनै आपराधिक कृयाकलापमा संलग्न नभएको हुनुहुन्छ भने तपाइले यो देशको नागरिकता लिन सक्नुहुन्छ । यसै साथै तपाइको आम्दानी हरेक महिना आठ समय डलर हुनुपर्छ साथै यहाँको बैंक वा रियल स्टेटमा २५ हजार डलर इन्भेस्ट हुनुपर्छ । 


५. हंगेरी

हंगेरीमा पनि नागरिकता पाउन सहज छ । यसको लागि तपाईले हंगेरी सरकारलाई लगानी गर्नको लागि ३ लाख डलर दिनुपर्ने हुन्छ । एक पटक यो लगानी गरेपछि तपाईले २ महीना भित्र यहाँको नागरिकता दिइन्छ ।

६. मेसेडोनिया

मेसेडोनियाको नागिरकताको लागि सहज मानिन्छ । यदि तपाइँ यो देशमा व्यवसाय गर्नुहुन्छ र लगानी ४ लाख यूरो छ भने तपाइले एक बर्ष भित्रै यहाँको नागरिकता पाउन सक्नुहुन्छ ।


७. पनामा

एक मेडिकल टेस्ट पास गरेपछी र पाँच बर्षसम्म पनामामा बसेपछी तपाइँले यहाँको नागरिकता पाउन सक्नुहुन्छ । यसको साथै यदि तपाई कुनैपनि पनामाको नागरिकता भएको महिला वा पुरुषसँग बिबाह गर्नुभएको अवस्थामा पनि यहाँको नागरिकता तत्काल पाउन सक्नुहुन्छ । 


८. पाराग्वे

पाराग्वेको नागरिकता पाउनको लागि तपाइँले ५ हजार २ सय डलर पाराग्वियन बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । यसको तीन बर्षपछी तपाई यहाँको स्थाई नागरिक बन्न सक्नुहुन्छ ।


९. सेशेल्स

समुद्र र पहाडले घेरिएको सेशेल्स बस्नको लागि निकै रमाइलो र शुन्दर देश हो । यहाँको नागरिकता पनि सजिलै पाउन सकिन्छ, यसको लागि तपाइँसँग जम्मा डेढ लाख सेशेल्स करेन्सी हुनुपर्छ । यसको साथै यहाँको आर्थिक, समाजिक र सांस्कृतिक जीवनमा तपाइले योगदान दिएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान