२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रक्षा मन्त्रालयको स्वकीय सचिवालयद्धारा प्रकाशित सामाचारको खण्डन

२०७३, १५ बैशाख बुधबार १३:२७

bhim rawalटेक बहादुर थापा । बैशाख १५ अछाम । उप प्रधान तथा रक्षा मन्त्रालयको स्वकीय सचिवालयले बैशाख १४ गते अन्नपूर्ण पोष्ट दैनिक लगायतका विभीन्न संञ्चार माध्याममा प्रकाशन प्रसारण भएका सामाचारको खण्डन गरेको छ ।

नेपाल सरकारका उप प्रधान तथा रक्षा मन्त्री भिम रावल गृह जिल्ला अछाममा रहदा उहाले प्रयोग गर्नु भएको नेपाली सेनाको हेलीकोप्टर पार्टिको कार्यक्रममा लगेर दुरुपयोग गरेको भन्ने भ्रामक समाचारको बिज्ञप्ती मार्फत खण्डन गरेको हो । उप प्रधान तथा रक्षा मन्त्री रावलका स्वकीय सचिव बल बहादुर कुँवरद्धारा हास्ताक्षरित बिज्ञप्तीमा अन्नपूर्ण दैनिक लगायतका संञ्चार माध्याममा प्रकाशीत समाचारमा कुनैपनी सत्यता नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बाजुरको कोल्टीमा नेपाली सेनाको ब्यारेक राख्ने सम्बन्धमा उत्पन्न समस्याको समाधान गर्न, जग्गा अधिग्रहण गर्ने लगायतको कामको निरिक्षण गर्ने लगायतको कामको निरिक्षण र निराकरण गर्न बाजुरा जिल्ला स्थित दुर्गा बक्स गणको निरिक्षण गर्न तथा अछाम र डडेल्धुरा स्थित ब्यारेक हरुको अवस्थाबारेको जानकारी लीनुका साथै शिक्षा मन्त्रालयले विभीन्न जिल्लामा हरुमा समयमै निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउने अभियान आरम्भ गर्ने शिक्षा मन्त्रालयको आग्रह अनुरुप रक्षा मन्त्री भिम रावलले त्यहाको भ्रमण गर्नु भएको बिज्ञप्तीमा उल्लेख छ ।

उपप्रधान तथा रक्षा मन्त्री रावलले सुदुरपश्यिमका जिल्लाहरुको उक्त भ्रमणका क्रममा बैशाख ९ गते डडेल्धुराको उग्रतारा उच्च मावि, बैशाख १० गते अछाम लुग्रा गाविसको सृर्जनशिल प्रावी, बैशाख ११ गते बाजुरा मार्तडी स्थित बाल मन्दिर निमावि र बैशाख १२ गते अछाम जिल्लाको महेन्द्र उच्च माविमा बिद्यार्थिहरुलाई निशुलक पाठ्य पुस्तक बितरण अभियानको आरम्भ गर्नु भएको थियो । यस्तै लुङग्रा गाविसको सृजनशिल प्रावीको नव निर्मित भवन सोकट गाविसको दशपल्ले माविको नव निर्मित भवन, बैशाख ११ गते बाजुरा क्याम्पसको छात्रा बास भवनको उद्घाटन तथा रंग शालाको शिलान्यास र बैशाख १२ गते मार्कु गाविसको नवनिर्मित भवन साफेबगर नगरपालीका वडा न ९ को लंगमाता देबीको मन्दिरको उद्घाटन र बयालपाटा क्याम्पसको बार्षिक साधारण सभाको उद्घाटन गर्नु भएको थियो । यी कामको शिलशिलामा जादा कर्मचारी हरु तथा पार्टिका भेलाहरुमा उपस्थित भएर देशको संविधान तथा समसामहीक राजनीतीका बारेमा जानकारी गराउनु बहुदलीय लोकतान्त्रीक ब्यबस्थामा कुनै अन्यथा कुरा होईन बिज्ञप्तीमा उल्लेख छ । भ्रमणका अवसरमा धेरै सरकारी काम एकै पटक सम्पादन गर्नेगरि काम गर्दा त्यसलाई सकारात्मक रुपमा लीनुको साटो यथार्थलाई बङयाएर भ्रम सृर्जना गर्नु खेद जनक भएको भन्दै जनतालाई यथार्थ बिबरण दिई सुसुचित गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने