२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रक्षा मन्त्रालयको स्वकीय सचिवालयद्धारा प्रकाशित सामाचारको खण्डन

१५ बैशाख २०७३, बुधबार १३:२७

bhim rawalटेक बहादुर थापा । बैशाख १५ अछाम । उप प्रधान तथा रक्षा मन्त्रालयको स्वकीय सचिवालयले बैशाख १४ गते अन्नपूर्ण पोष्ट दैनिक लगायतका विभीन्न संञ्चार माध्याममा प्रकाशन प्रसारण भएका सामाचारको खण्डन गरेको छ ।

नेपाल सरकारका उप प्रधान तथा रक्षा मन्त्री भिम रावल गृह जिल्ला अछाममा रहदा उहाले प्रयोग गर्नु भएको नेपाली सेनाको हेलीकोप्टर पार्टिको कार्यक्रममा लगेर दुरुपयोग गरेको भन्ने भ्रामक समाचारको बिज्ञप्ती मार्फत खण्डन गरेको हो । उप प्रधान तथा रक्षा मन्त्री रावलका स्वकीय सचिव बल बहादुर कुँवरद्धारा हास्ताक्षरित बिज्ञप्तीमा अन्नपूर्ण दैनिक लगायतका संञ्चार माध्याममा प्रकाशीत समाचारमा कुनैपनी सत्यता नभएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बाजुरको कोल्टीमा नेपाली सेनाको ब्यारेक राख्ने सम्बन्धमा उत्पन्न समस्याको समाधान गर्न, जग्गा अधिग्रहण गर्ने लगायतको कामको निरिक्षण गर्ने लगायतको कामको निरिक्षण र निराकरण गर्न बाजुरा जिल्ला स्थित दुर्गा बक्स गणको निरिक्षण गर्न तथा अछाम र डडेल्धुरा स्थित ब्यारेक हरुको अवस्थाबारेको जानकारी लीनुका साथै शिक्षा मन्त्रालयले विभीन्न जिल्लामा हरुमा समयमै निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउने अभियान आरम्भ गर्ने शिक्षा मन्त्रालयको आग्रह अनुरुप रक्षा मन्त्री भिम रावलले त्यहाको भ्रमण गर्नु भएको बिज्ञप्तीमा उल्लेख छ ।

उपप्रधान तथा रक्षा मन्त्री रावलले सुदुरपश्यिमका जिल्लाहरुको उक्त भ्रमणका क्रममा बैशाख ९ गते डडेल्धुराको उग्रतारा उच्च मावि, बैशाख १० गते अछाम लुग्रा गाविसको सृर्जनशिल प्रावी, बैशाख ११ गते बाजुरा मार्तडी स्थित बाल मन्दिर निमावि र बैशाख १२ गते अछाम जिल्लाको महेन्द्र उच्च माविमा बिद्यार्थिहरुलाई निशुलक पाठ्य पुस्तक बितरण अभियानको आरम्भ गर्नु भएको थियो । यस्तै लुङग्रा गाविसको सृजनशिल प्रावीको नव निर्मित भवन सोकट गाविसको दशपल्ले माविको नव निर्मित भवन, बैशाख ११ गते बाजुरा क्याम्पसको छात्रा बास भवनको उद्घाटन तथा रंग शालाको शिलान्यास र बैशाख १२ गते मार्कु गाविसको नवनिर्मित भवन साफेबगर नगरपालीका वडा न ९ को लंगमाता देबीको मन्दिरको उद्घाटन र बयालपाटा क्याम्पसको बार्षिक साधारण सभाको उद्घाटन गर्नु भएको थियो । यी कामको शिलशिलामा जादा कर्मचारी हरु तथा पार्टिका भेलाहरुमा उपस्थित भएर देशको संविधान तथा समसामहीक राजनीतीका बारेमा जानकारी गराउनु बहुदलीय लोकतान्त्रीक ब्यबस्थामा कुनै अन्यथा कुरा होईन बिज्ञप्तीमा उल्लेख छ । भ्रमणका अवसरमा धेरै सरकारी काम एकै पटक सम्पादन गर्नेगरि काम गर्दा त्यसलाई सकारात्मक रुपमा लीनुको साटो यथार्थलाई बङयाएर भ्रम सृर्जना गर्नु खेद जनक भएको भन्दै जनतालाई यथार्थ बिबरण दिई सुसुचित गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने