भदौ १३, काठमाडौँ | वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकट..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ | वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकट..."/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागद्वारा ३० म्यानपावरलाई कारवाही (को-को परे ?)

२०७४, १३ भाद्र मंगलवार १८:३५

भदौ १४ , काठमाडौँ | वैदेशिक रोजगार विभागले फ्रि भिषा, फ्रि टिकटको विवरण नबुझाएको भन्दै ३० वटा म्यानपावर कम्पनीहरुलाई ५० हजारदेखि एक लाख रुपैयाँ जरिवानाको कारवाही गरेको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेको निर्देशनमा ३० म्यानपावरलाई बिभागले मंगलबार कारबाही गरेको हो ।  

विभागको कारबाहीमा अन्तर्गत रु. एक लाख रुपैयाँ जरिवानामा पर्ने म्यानपावर कम्पनीहरु १६ वटा रहेका छन् भने रु. ५० हजार हजार रुपैयाँ जरिवाना तिर्नेहरुमा १४ म्यानपावर रहेका छन् ।

रु.१  लाखको दरले जरिवाना खेपेका म्यानपावरहरुको लिष्ट हेर्नुहोस् 

१. सिद्धार्थ गौतम ओभरसिज प्रा.लि. 

२. यूनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस प्रा.लि. 

३. क्यापिटल रिकुटमेन्ट सर्भिस प्रा.लि. 

४. मुनलाइट इन्टरनेशनल प्रा.लि 

५. सन रे ग्लोबल ओभरसिज प्रा.लि. 

६. स्के इन्टरप्राइजेज प्रालि 

७. इनोभेटिभ सर्भिसेज प्रा.लि. 

८. फरदोश इन्टरनेशनल सर्भिस कम्पनी प्रा.लि 

९. एसआरएस ओभरसिज सर्भिसेज प्रा.लि. 

१०. रेडरोज इन्टरनेशनल म्यानपावर प्रा.लि. 

११. हामिदा इन्टरनेशनल प्रालि 

१२. सार्प ह्यूमन रिसोर्सेज प्रा.लि. 

१३. नेपाल रिक्रुटिङ सर्भिसेज प्रा. लि. 

१४. कौशिक जनशक्ति इन्टरनेशनल प्रा.लि. 

१५. मुस्ताङ ओभरसिज प्रा.लि. 

१६. सिनमल गोर्खा इन्टरनेशनल मेनेजमेन्ट सर्भिस प्रा.लि.  

रु. ५०,०००/- जरिवाना तिर्ने म्यानपावर कम्पनीहरुको लिष्ट हेर्नुहोस 

१. राइजिङ्ग स्टार ओभरसिज प्रा.लि.

२. बेबी एन्जल इन्टरनेशनल प्रा.लि 

३. पीस नेपाल ओभरसिज प्रा लि. 

४. जब सिकर म्यानपावर प्रा.लि. 

५. सारथी ओभरसिज रिक्रटमेन्ट प्रालि 

६. एशोसिएट्स वेलकम इन्टरनेशनल प्रा.लि. 

७. रीजा ओभरसिज इम्प्लाइमेन्ट प्रा.लि. 

८. एपोलो मेनपावर सर्भिसेज प्रा.लि. 

९. एबिसी ओभरसिज प्रा.लि. 

१०. स्तुपा ओभरसिज सर्भिस प्रा.लि. 

११. मेरिडियन मेनपावर सर्भिस प्रा.लि. 

१२. श्रीओम महाशक्ति इम्प्लोइमेन्ट प्रा.लि. 

१३. ध्वनी इन्टरनेशनल प्रा.लि. 

१४. एनएसओ कन्सल्ट प्रा.लि. 

बैदेशिक रोजगार बिभागले गत बर्ष फागुनमा वैदेशिक रोजगार ऐनको दफा ३४ बमोजिम फ्रि भिषा, फ्रि टिकट  कार्यान्वयन भए-नभएको अनुगमन गर्न निर्णय गरि चैत्र १ गते पहिलो सबै म्यानपावर कम्पनीलाई फ्रि भिषा, फ्रि टिकट अनुसार वैदेशिक रोजगारीमा गएका कामदारको विवरण बुझाउन निर्देशन गरेको थियो । बिभागको उक्त निर्देशनको बिरोध गरेका म्यानपावरहरुलाई म्याद थप गरि पुन: विवरण पेस गर्न अवसर दिईएको भएपनि धेरैले विवरण नबुझाई उम्किन प्रयास गरेका थिए । बिभागले पटक-पटक ताकेता गर्दा पनि विवरण नबुझाएपछी पछिल्लो पटक ३ दिने समय नघाई बुझाउने म्यानपावरलाई ५० हजार र विवरण नै नबुझाउने म्यानपावरलाई एकलाख जरिवाना तोकिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति