भदौ १४, मोरङ । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, मोरङ । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएक"/>
२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङको रमितेखोलामा ३० किलोवाटको सोलार ग्रिड

२०७४, १४ भाद्र बुधबार ०७:२२

भदौ १४, मोरङ । हालसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत् पुग्न नसकेको मोरङको मिक्लाजुङ गाउँपालिका–१ को रमितेखोलामा स्थानीयवासीलाई सोलारबाट विद्युत् उपलब्ध गराइने भएको छ । 

यसका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा ३० किलोवाटको सोलार ग्रिड निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समिति, मोरङका ऊर्जा शाखा प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार सोलार ग्रिड जडानको काम अन्तिम चरणमा पुगेकाले दशैँअघि नै स्थानीयवासीलाई विद्युत् उपलब्ध गराइनेछ । 

मिक्लाजुङ गाउँपालिकामा मोरङ जिल्लामै पहिलोपटक मिनी सोलार ग्रिडबाट विद्युत् उत्पादन गर्न लागिएको हो । रु एक करोड ७० लाखको लागतमा निर्माण भइरहेको सोलार ग्रिडका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ९० प्रतिशत अनुदान दिएको थियो भने बाँकी रकम जिल्ला समन्वय समिति, मिक्लाजुङ गाउँपालिका र स्थानीयवासीबाट संकलन गरिएको थियो । विद्युत् उत्पादन शुरु भएपछि सो क्षेत्रका ५० घरपरिवार लाभान्वित हुनेछन् । 

यसैगरी, सो सोलार ग्रिडबाट विद्यालयका २५ वटा कम्प्युटर, वडा कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत सञ्चालन हुने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी