२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

९ औँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

१६ बैशाख २०७३, बिहीबार ११:३९

कमल रावल, बैशाख १६, अछाम । भोलि बाट जिल्लाको ओलिगाउमा सुरु हुन लागेको जिल्लाकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । खेल हुने मैदान जिल्लाको तोल्यानमा बिहान ११ बजे एक भब्य कार्यक्रमका उदघाटन गरिने भएको छ ।

cricket1

 

तियोगिताका लागि मञ्च ब्यावस्थापन, मैदानको निर्माण कार्य सबै सम्पन्न भईसकेको आयोजकले जनाएको छ । ओलिगाउमा हुने बर्षेनि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको ९ औँ संस्करणको प्रतियोगिताको पुर्व सभासद शेर बहादुर कुवरले उदघाटन गर्ने कार्यक्रम तय भएको आयोजक मंगला विकास ओलिगाउका अध्यक्ष गणेश बहादुर रावलले बताउनु भयो । विगतका वर्ष भन्दा यस वर्ष जिल्लाकै ठुलो धनराशिको भएकाले यो प्रतियोगितालाई यसपालि निकै चर्चाका रुपमा हेरिएको छ ।

यसपालिको प्रतियोगितामा प्रथम हुने टिमले नगद ३५ हजार सहित प्रमाणपत्र हात पार्ने भएको छ । टेनिस बलद्धारा खेलाईने प्रतियोगितामा यसपालि पनि विगतका बर्षहरु झै जिल्लाका १६ भन्दा बढी टिमले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा प्रत्येक खेलमा राम्रो खेल्ने खेलाडीलाई म्यान अफ द म्याच र पुरै प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द सिरिज उपाधि बाट सम्मानित गरिने भएको छ । यसपालि प्रतियोगितालाई सभ्य अनि भब्य बनाउनका लागि ओलिगाउका विदेशमा रहेका ५ जना युवाले पनि आर्थिक सहयोग गरेका छन ।

cricket2

दक्षिण कोरियामा रहेका रतन रावल, राम रावल, साउदीमा रहेका रमेश रावल, टँक रावल र भरत रावलले १७ हजार आर्थिक सहयोग गरेका छन । यता अछाममा रहेको भुवन स्टेशनरि स्टोर लगाएत थुप्रै स्टेशनरि, पसल, विद्यालय लगाएतले प्रायोजक गरिरहेका छन भने जिल्लाका छापा तथा ईलेक्ट्रोनिक सञ्चार माध्यामले मिडीया पार्टनरको भुमिका निर्वाह गरिरहेका प्रतियोगिताका प्रचार प्रसार संयोजक तथा जिल्ला युवा सञ्जाल अछामका सचिव कमल रावलले बताउनु भयो । यसपालिको प्रतियोगिता मंगला बिकास क्लब ओलिगाउ र जिल्ला युवा संञ्जाल अछामको सयुक्त आयोजनामा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह