१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फरक क्षमता भएका बालबालिकाको लागि समाहित शिक्षा दिईदै

१४ भाद्र २०७४, बुधबार १६:३५

रेशम राज रोकाया/भदौ १४, हुम्ला । सँगैका साथी गुलेली लिएर चरा मार्न जान्थे, एउटा यस्तो पात्र उसलाई रहर पनि थियो गुलेली खेल्ने तर चरा पूर्व उहाँको गुलेली पश्चिमतिर ताकिएको हुन्थ्यो । 

कक्षामा सहपाठी साथी शिक्षकको प्रिय थिए, नियमित गृहकार्य गर्थे, उहाँलाई शिक्षक नजिक पुग्न पनि गाह्रो हुन्थ्यो । प्रविधि र ब्रेल लिपीको प्रयोग नेपालमा नै कम रुपमा हुन्थ्यो, हुम्लामा आई पुग्ने त परै जावोस् हुन्छ भन्ने पनि उहाँलाई थाहा थिएन । 

न्युन दृष्टिविहिन बालक सुबाश सुनार सिसिटिभी क्यामेराको साथमा अध्ययन गर्दै ।

केही कुरा लेख्न परेमा साईनपेनले ठूला ठूला अक्षरमा लेख्नु नियमित नित्य कर्म नै हुन्थ्यो । शिक्षकदेखी गाउँका सबैले उहाँलाई हेला गर्ने गर्दथे । श्री मानसरोवर मा.वि. केन्द्रबाट प्रवेशिका परीक्षा उतीर्ण गर्नु जिन्दगीको अर्को चुनौती थियो । के गर्ने, कहाँ पढ्ने भन्ने कुनै बाटो उहाँको अगाडि थिएन । 

एक वर्ष त्यत्तिकै गाउँमा गोठालो बस्दै बित्यो । दोस्रो वर्ष जे पर्छ त्यही टर्छ भनेर घरपरिवारसँग सल्लाह गरेर लम्किनु भयो काठमाण्डौ शहर, अन्य सामान्य व्यक्तिको जस्तो उहाँलाई काठमाण्डौ शहरमा सामान्जस्य हुन सहज थिएन । काठमाण्डौमा निजी विद्यालयमा शिक्षण, अध्ययन गर्नको लागि कुन संकाय पढ्दा के भईन्छ भन्ने उहाँलाई थाहा थिएन । मानविकी संकायको अंग्रेजी विषयमा हाल उहाँले स्नातकोत्तर उतीर्ण गरेका छन् । 

भारतको केरला राज्यमा उहाँले थप शिक्षा लिनु भयो । विश्वका विभिन्न देशमा साक्षात्कार भ्रमण गरी उहाँले अपाँगताको क्षेत्रमा केही गर्नु पर्छ, आफु जस्तो अरुले भोग्न नपरोस् भन्नको लागि हिमाली शिक्षा र विकास (हेड नेपाल) गैरसरकारी संस्थाको स्थापना गरे । स्थापनाकालमा कार्यालय एक कोठामा सिमित थियो । 

तै पनि अपाँगताको क्षेत्रमा उहाँ कहिल्यै पछि पर्नु भएन । यो छोटो कथा हुम्ला हेप्का गाउँका न्यूनदृष्टि भएका छिटुप दोर्जी लामाको हो । हुम्लामा रहेका आफु जस्ता न्यूनदृष्टिविहिन र दृष्टिविहिनका लागि हाल ५२ जना बालबालिकाको शिक्षा, अधिकार, वकालतमा छिटुप दोर्जी लागि परेका छन् ।

दृष्टिविहिन र शारीरिक अपाँगता भएका बालबालिकाको लागि कम्प्युटर शिक्षा


दृष्टिविहिन बालबालिका कम्प्युटर सिक्दै ।

विहान ५ बजे देखी विद्यार्थी सो संस्थामा कम्प्युटरको पावर बटन थिच्न सुरु हुन्छ । जज नामक सफ्टवेयरको सहयताले दृष्टिविहिन बालबालिकालाई कम्प्युटर शिक्षा मध्यपश्चिमकै पहिलो पटक सिकाईने गरिएको छ । 

८ वटा डेस्कटप कम्प्युटर र ३ थान ल्यापटप कम्प्युटर छन् । समय तालिका अनुसार सबै विद्यार्थीलाई सिक्नको लागि शिक्षकको पनि व्यवस्था गरिएको छ । अन्य वयस्क अपाँगता भएका व्यक्तिको लागि वार्षिक रुपमा २ पटक तालिमको पनि आयोजना गरि कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको हिमाली शिक्षा र विकास नामक संस्थाका कार्यकारी निर्देशक छिटुप दोर्जी लामाले बताउनु भयो । मध्यपश्चिम क्षेत्रमा नौ अपाँगता क्षेत्रको लागि यो सिकाई केन्द्रको रुपमा अगाडी बढाउन लागेको र अवसर पाएकोमा लामा दंग देखिन्छन् । पहिला पहिला लक्ष्य त लिईयो जिल्लामा अपाँगता भएका बालबालिकाको व्यक्ति प्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नु कठिन भएको उहाँको भनाई रहेको छ । 

हाल विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा संस्थाले राम्रो छवी बनाएको लामाले बताए । कोही बालबालिका अन्य रंग सँगको दृष्टिसँग सामाञ्जस्य हुँदा देख्ने बालबालिकाको लागि छुट्टै ईम्वुष्ट क्यामेराको समेत व्यवस्था गरिएको गरिएको छ । 

ब्रेल पुस्तकालय र अडियो सामाग्रीको व्यवस्था 


 दृष्टिविहिन बालबालिकाको लागि ब्रेल लाईबेरी ।

हुम्लामा पाठ्यक्रम विकास केन्द्रले उत्पादन गरेको ब्रेल पुस्तक, अन्य सन्दर्भ सामाग्रीको पुस्तक समेत ब्रेल पुस्तकालयमा राखिएको छ । हाल २ सय पुस्तक राखिएका भएता पनि १ हजार पुस्तक पाठ्पुस्तक र सन्दर्भ सामाग्रीका पुस्तक राख्ने लक्ष्य रहेको लामाले बताउनु भयो । साथै २ जना पूर्ण दृष्टिविहिन बालबालिकाको लागि  ल्यापटप समेत प्रदान गरिएको छ । 

सुनेर सिक्नको लागि अडियो रेकर्ड गरी सुनेर सिक्ने समेत व्यवस्था गरिएको छ । ब्रेल प्रिन्ट गर्नको लागि ईम्बुष्ट प्रिन्टरको व्यवस्था भएकोले केही सन्दर्भ सामाग्री ईन्टरनेटमा भएको प्रिन्ट गरी बालबालिकालाई समेत प्रदान गरी सिकाईमा प्रभावकारिता ल्याईएको छ । 

ब्रेल सिकाइको लागि छुट्टै ब्रेल शिक्षकको समेत व्यवस्था गरिएको छ । ब्रेल सिक्नको लागि सुरुमा विद्यार्थीमा धारण बसाल्न गाह्रो हुने गरेको भएता पनि पछि विस्तारै सुधार गर्दै लगेको शिक्षक राम ऐरले बताउनु भयो ।

२ वटा भवनमा खान र राम्रो बस्नको लागि व्यवस्था गरिएको छ । दृष्टिविहिन र न्यूनदृष्टिविहिन बालबालिका ३० र २२ जना शारीरिक अपाँगता भएका बालबालिका हाल शिक्षाको अवसर पाउन सफल भएको प्रति विद्यार्थी गोरासिँह बोहोराले बताउनु भयो । म पहिला घरको लागि बोझ भएको थिएँ, यसलाई जन्माउनु भनेको पाप गरेको सम्झने बोहोराको परिवार हाल उहाँलाई देखेर खुसी हुनु हुन्छ रे गोरासिँहले बताउनु भयो । 

सुरुमा समदायमा त्यस्ता बालिबालिकाको पहिचानको लागि घुम्ती विद्यालय सञ्चालन गरी अपाँगता परिचय पत्र आवश्यक प्रक्रिया पुर्याई उपलव्ध गर्ने गरेको प्रशिक्षक लोकराज शाहीले बताउनु भयो ।  अनि २ वटा आवास गृहमा कसैलाई बोकेर त कसैलाई हेलीकोप्टरको प्रयोग गरी अध्ययनको लागि ल्याईने गरिएको छ । सिमिकोटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा दृष्टिविहिन र कालाशिल्ता आधारभूत विद्यालयमा शारीरिक अपाँगता भएका बालबालिकाको लागि शिक्षा दिने प्रवन्ध मिलाईएको छ । 

३ जना विद्यार्थीले प्रवेशिका परीक्षामा संलग्न भई उतीर्ण समेत गरिसकेका छन् । कक्षा १० सम्म सहायत गरी अध्ययनको अवसर दिने प्रवन्ध मिलाईएको भएता पनि कक्षा १२ सम्म नै यो अवसर दिनु पर्ने आवश्यकता महशुस भएको निर्देशक छिटुप दोर्जी लामाले बताउनु भयो । विद्यार्थीलाई सिक्न कठिन हुने विषय अंग्रेजी, विज्ञान र गणितको सहायताको लागि श्री मानसरोवर नमूना माध्यमिक विद्यालयका शिक्षक रेशमराज रोकाया र हर्कराज न्यौपानेलाई ट्युशन कक्षा लिनको लागि व्यवस्था गरिएको छ ।

पूर्ण दृष्टिविहिन विद्यालर्थी गोरासिँह बोहोरालाई निर्देशक छिटुप दोर्जी लामा ल्यापटप हस्तान्तरण गर्दै ।

जिल्ला शिक्षा कार्यालय, हुम्ला र महिला तथा बालबालिकाको कार्यालय लगायत जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको राम्रो सम्वन्धका कारण यस्तो सफलता मिलेको पाईएको छ । जिल्ला शिक्षा कार्यालयले प्रति विद्यार्थी ३ हजार प्रति महिना छात्रवृत्ती सहयोग गरेको भएता पनि बालबालिकाको बसोबासको लागि यो प्रयाप्त नभएको पाईएको छ । 

हेड नेपालले प्रदान गरेको सेवा, सुविधा हेर्दा कुनै निजी शहरको महँगो छात्रावासको झझल्को आउने गरेको पाईएको छ । जिल्लामा बालबालिकाको क्षेत्रमा उत्कृष्ट काम र वकालत गरेवापत भाद्र २९ गते बालदिवसको अवसरमा पुरस्कार नेपाल सरकारलाई प्रदान गर्नको लागि पनि जिल्लाबाट छिटुपदोर्जी लामालाई सिफारिश गरिएको छ । 

समाजमा पछाडी पारिएका वर्गको लागि आय आर्जनमूलक तालिम पनि दिने गरिएको पाईएको छ । हालसालै मात्र सिलाई कटाई १० जना महिलालाई र विगतका वर्षमा बुनाई तालिम पनि प्रदान गरिएको निर्देशक लामाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर (फोटो फिचर) मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण आजदेखि एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौं: सभापति श्रेष्ठ शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर