२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तेस्रो नगर स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मंगला बिकास क्बल ओलिगाउ लाई

२६ बैशाख २०७३, आईतवार १३:४३

cricket achhamकमल रावल, बैशाख २६, अछाम । मंगलसेनमा सम्पन्न तेस्रो नगर स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि मंगला बिकास क्बल ओलिगाउले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा आयोजक द सनराईज क्रिकेट क्लब मंगलसेन ५ लाई १ विकटले पराजित गर्दै ओलिगाउले उपाधि हात पारेको हो ।

टस जितेर ओलिगाउले पहिले फिल्डीग गर्ने निर्णय गरेपछि ब्याटिग गरेको आयोजक मंगलसेन ५ ले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । ९४ रनको लक्ष्य पछयाएको ओलिगाउले खेलको अन्तिम ओभरमा जित हासिल गरेको थियो । अन्तिम ६ बलमा ५ रन चाहीएको बेला खेलको अन्तिम नतिजा अन्तिम बलमा निस्केको थियो । अन्तिम बलमा २ रन चाहीएको अबस्थामा २ रन बनाएर ९ विकेटको क्षतिमा ओलिगाउले रोमाञ्चक जित हात पारेको हो ।

मंगलसेनका लागि सुनिल विष्टले ४९ रनको उत्कृष्ट पारि खेले पनि आफनो टिम लाई हार बाट टार्न सकेनन । उपाधि जिते संगै ओलिगाउले शिल्ड, प्रमाणपत्र सहित नगद २५ सय हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आयोजक द सनराईज क्रिकेट क्लब मंगलसेन ५ का ब्याडसम्यान सुनिल बिष्ट म्यान अफद सिरिज, उत्कृष्ट वलिग र अनुशासित खेलाडीको पुरुस्कार मंगला बिकास क्लब ओलिगाउका कप्तान कमल रावल र उत्कृष्ट फिल्डरको पुरुस्कार आयोजकका ज्ञानेन्द्र विकले हात पारेका छन । फाईनल खेलको अम्पायर गरेका मंगलसेनका हिमाल ढुगानालाई समेत पुरुस्कार दिईएको थियो ।

क्लबका अध्यक्ष केशर विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा थापा कम्प्युटर ईन्टरप्राईजेजका प्रोपराईटर हर्क थापा प्रमुख अथिती र समाजसेवि दिनेश विश्वकर्मा विशिष्ट अथिती रहनु भएको थियो । पुरुस्कार हात पार्न सफल सबै खेलाडीलाई प्रमुख अथिती, विशिष्ट अथिती, अध्यक्षले प्रमाणपत्र सहित पुरुस्कार वितरण गरेका थिए ।

द सनराईज क्रिकेट क्लब मंगलसेन ५ को आयोजना थापा कम्प्युटर ईन्टरप्राईजेज र प्रभात अटो पार्टस मगलसेनको प्रायोजनामा प्रतियोगिता भएको थियो । यहि बैशाख २३ गते बाट सुरु भएको प्रतियोगितामा नगरपालिका भित्रका ८ वटा टिमले सहभागिता जनाएका थिए ।

achham 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ