सम्राट सिंह/भदौ १५, बझाङ । सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल म्याद सकिदा समेत बनेको छैन । 

जिल्लाका साविकका ८ वटा गाविस जोड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/भदौ १५, बझाङ । सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल म्याद सकिदा समेत बनेको छैन । 

जिल्लाका साविकका ८ वटा गाविस जोड"/>

२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याद सकिँदासमेत झन्डै ७ करोडको लागतमा निर्माणाधीन पक्की पुल बनेन

१५ भाद्र २०७४, बिहीबार ०४:३९


सम्राट सिंह/भदौ १५, बझाङ । सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल म्याद सकिदा समेत बनेको छैन । 

जिल्लाका साविकका ८ वटा गाविस जोडने पक्की पुलको निर्माण कार्य रोकिएपछि स्थानियमा पुल नबन्ने हो कि भन्ने चिन्ता छाएको छ । झण्डै ७ करोड लागतमा निर्माण हुन थालेको ६९ मिटर लम्बाईको पक्की पुल निर्माणको जिम्मा निलगिरी जागृती जेवीले लिएको थियो ।

निर्माण कम्पनिले साविकको जिल्ला विकास समितिसँग २०७२ बैशाख ८ गते निर्माण कार्य सुरु गरेर २०७४ असार मसान्तमा पुल निर्माण कार्य सम्पन्न गरी सक्ने सम्झौता गरेको भएपनि हालसम्म एउटा पिल्लर बाहेक केहि निर्माण हुन सकेको छैन ।

पुल निर्माण गर्ने सामाग्रीहरु पनि निर्माण स्थलमा लथालिंग रहेको छ । पुल बन्न लाग्दा खुसी बनेका साविक ८ गाविसका बासिन्दाहरुमा ठेकदारले म्याद सकिदा समेत पुल निर्माण नगर्दा निरासा छाएको छ । 

यसरी सबैको आँखाको नजिक जिल्लाको मुटु मानिने सदरमुकाम चैनपुरमा नै निर्माण हुन थालेको पुलको अवस्था बेहाल हुँदा समेत सरोकारवालाहरु मौन रहेका छन । ठूलो परिमाणमा पेश्की रकम लिइसकेको भएपनि ठेकदारको लार्पबाहिले पुल निर्माणमा ढिलाई भएको जिल्ला समन्मय समितिका एक कर्मचारीले बताए । उनले भने ठेकदारले पुल निर्माण गर्ने मेसिन नै सम्झौता अनुसारको नल्याइ पटक पटक बाहाना गर्ने गरेको उनको भनाइ छ । 

जिल्लाका कतिपय ठेकदारहरुको त ठेक्का ओगटने तर काम नगर्ने बानी नै परिसकेकोे छ । यो पुल त एक उदाहरण मात्र  हो यस्ता धेरै विकास निर्माणका योजनाहरु अलपत्र परेका छन । निर्माण कार्य ढिलासुस्ती गर्ने ठेकदारलाई सम्बन्धित निकायहरुले पनि एक चिठी काट्नु बाहेक अन्य कुनै कारबाहि गरेको देखिदैन । 

बझाङ जिल्लाको विकास निर्माणमा अवरोध पार्ने एक गिरोह नै सक्रिय देखिन्छ यसमा स्थानिय कर्मचारी देखि ठूला नेताको पनि यसमा संलग्नता रहेको स्थानियको आरोप छ । ठेकदारलाई संरक्षण गर्ने नेता देखि कर्मचारीहरुले ठेकदारबाट कमिसन लिइ संरक्षण गर्ने गरेको जनाएको छ । 

जिल्लाको विकास निर्माणमा आएको रकम यसरी काम नभएर सकिने हो भने बझाङ जिल्लाको विकास हुन सयौँ सदाब्दी लाग्नेमा कुनै शंका नै छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ