२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्ला अदालतले कानून दिवस मनायो

२०७३, २७ बैशाख सोमबार ०४:०२

होम साउद/बैशाख २७, अछाम । कानून दिवस २०७३ को अवसरमा अछाम जिल्ला अदालतले न्यायमा पहुंचका लागि समुदायमा अदालत बिषयक कार्यक्रम सम्पन्न गरेको छ ।

दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा कानूनका बिबिध बिषयबस्तुवारे बिचार बिर्मश गरिएको छ । अछाम जिल्ला अदालतका न्यायधिस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञनीको अध्यक्षता एवम अछामका प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीको बिशेष आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस पंज्ञनीले लोकतन्त्र, प्रजातन्त्र र न्यायको शासन भएमा मात्रै समाज सफल र सुन्दर हुने बताँउनुभयो । लोकतन्त्र र बिधिको शासननै धमिलिएको अवस्थामा न्याय क्षेत्रलाई पनि अप्ठेरो पर्ने उल्लेख गर्नुभयो ।

यस्तै नागरिकले पनि सहि समयमा सकारात्मक कुराको जाँनकारी गराएमा न्याय सम्पादनमा थप सहयोग हुने उहाँको भनाई छ । यस्तै कार्यक्रमका बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका नै लोकतन्त्रको प्रमुख विषय भएकाले कानून दिवसले पनि न्यायपालिकालाई त्यसतर्फ उन्मुख हुन थप प्रेरणा दिने बिश्वास ब्याक्त गर्नुभयो ।

उक्त कार्यक्रममा अछामका प्रहरी नायव उपरिक्षक डिएसपी निरञ्जनदत्त भट्ट, अछामका स्थानिय विकास अधिकारी शिवप्रसाद हुमेगाई, जिल्ला सरकारी वकिल ईश्वरदत्त जोशी, जिल्ला वार ईकाई अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगाना, नेपाल पत्रकार महासंघ तथा रामारोशन दैनीकका प्रकाशक नरेशकुमार शाही, अपाँग उत्थान समूहका अध्यक्ष जंग बिक, महिला अधिकार मञ्च अछामकी अध्यक्ष अप्सरा कुवर लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा अदालतका श्रेस्तेदार दिपेन्द्रनाथ योगीले कार्यक्रमको उद्देश्य र नेपालमा कानूनको अवस्थावारे प्रकाश पार्नुभएको थियो । अदालतका नायव सुब्बा दिलनाथ राय यादवको स्वागत मन्तब्यवाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन भुमिनन्द उपाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ