2026-08-22 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थाल्नुभएको छ । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उहाँले यसको खेती विस्तार गर्नुभएको हो । शेर्पाले यस वर्ष ११ मन (४० किलोको एक मन) चिराइतो उत्पादन गरेर बिक्री गर्नुभयो । उहाँले चिराइतो प्रति मन रु ४० हजारमा बिक्री गर्नुभयो ।
त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्नुहुन्छ । उहाँले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आउनुभएको छ । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन हजार दुई सय ८० किलो चिराइतो उत्पादन भएको थियो । यसबाट रु ४९ हजार राजस्व सङ¬्कलन गरिएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा चिराइतोको उत्पादन ६ हजार २० किलो भएको थियो । यसबाट रु एक लाख आठ हजार राजश्व सङ्कलन भएको थियो । चालु आवको हालसम्मको तथ्याङ्क अनुसार पाँच हजार किलो चिराइतो उत्पादन भएको छ । यसबाट हालसम्म रु ७५ हजार राजस्व सङ्कलन भएको वन अधिकृत परमेश्वर पाश्वानले जानकारी दिनुभयो ।
वनमा पाइने औषधि वनस्पतिमध्ये चिराइतो विशेष महत्वको मानिन्छ । यसको प्रयोग विभिन्न औषधि निर्माणमा हुने भएकाले माग उच्च रहने गरेको छ । ताप्लेजुङका स्थानीय समुदायले वन पैदावार सङ्कलन गरी वन नियम अनुसार बिक्री गर्दा राजस्व सङ्कलन हुँदै आएको छ । नेपालमा कूल उत्पादनको ९० प्रतिशत चिराइतो विदेश निर्यात हुन्छ । यसमध्ये ८० प्रतिशत भारतमा मात्र निर्यात हुने गरेको छ । बाँकी २० प्रतिशत चीन, स्विडेन, हल्यान्ड, मलेसिया, सिङ्गापुर, जर्मनी, इटाली, फ्रान्स, स्विजरल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, अमेरिकालगायत देशमा निर्यात हुने वनस्पति विभागले जनाएको छ ।
चिराइतो एक पटक लगाएपछि बर्सेनि लगाउनु पर्दैन । पाकेको चिराइतोको फूल आफैँ झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभइ त्यसबाट पात पलाएर मूलाजस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउनुका साथै यसमा फूल फुल्ने र बीउ लाग्ने गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक