2026-09-16 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीन प्रहरीसहित पाँच जना पक्राउ, मोबाइल व्यवसायीसँग ५ लाख असुलेको आरोप

काठमाडौँ । बाँके जिल्लाको कोहलपुरमा सादा पोशाकमा खटिएका प्रहरीहरूद्वारा मोबाइल व्यवसायीसँग रकम असुलेको आरोपमा तीन जना प्रहरीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

थ्रिस्टार मोबाइल पसलका सञ्चालकले प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरी बलका जवान रामसुन्दर चौधरीविरुद्ध उजुरी दिएका थिए। उजुरीमा उनीहरूले लागुऔषधसहितको झुटा मुद्दामा फसाउने धम्की दिँदै ५ लाख रुपैयाँ असुलेको उल्लेख गरिएको छ।

घटनामा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोविन्द भण्डारी र पत्रकार सूर्यप्रसाद रिजालको पनि संलग्नता देखिएको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू घुमुवा सुरक्षाकर्मीहरूसँग मिलेमतोमा रहेको पाइएको हो।

पीडित व्यवसायीका अनुसार जेठ २१ गते जानकी गाउँपालिका–६, प्रिप्रहवास्थित एक खाजा पसलमा ती पाँच जनाले ५ लाख रुपैयाँ नगद बुझेका थिए। उनीहरू भारतीय नम्बर प्लेट (यूपी ५० एए ९८८५) को कारमा आएको र सोही स्थानको सीसीटीभी फुटेजमा पैसा बुझ्ने दृश्य कैद भएको पुष्टि गरिएको छ।

तीन जना घुमुवासहित पाँच जनालाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै डर,धम्की देखाई रकम असुली गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी लक्ष्मी खनालले बताइन्। आपराधिक लाभको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको र बिहिबार अदालतबाट पनि म्याद थप भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता