2026-10-14 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जाप्नीज इन्सेफलाइटिस रोगविरुद्धको खोप अभियान आईतबार देखि शुरु

कमल रावल/बैशाख २७, अछाम । जाप्नीज इन्सेफलाइटिस रोगविरुद्धको खोप अभियान आईतबार देखि शुरु भएको छ ।

तराईमा मात्र देखापर्ने र तराईमा मात्र लगाइने गरेको जापनिज इन्सेफलाइटिस रोगविरुद्धको खोप पहाडी तथा हिमाली जिल्लामा पनि लगाइन लागेको हो । लामखुट्टेले टोकेपछि लाग्ने यो रोग पछिल्लो समय पहाडी तथा हिमाली जिल्लामा पनि देखापर्न थालेपछि देशभरका ४७ जिल्लामा जापनिज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । एक वर्षदेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई लगाइने खोप अभियान एक महिनासम्म सञ्चालन गरिनेछ ।

सबै बालबालिकाको घरमा जानुअघि नै स्वयंसेवकमार्फत घरघरमा खोप लिन खोप केन्द्रमा आउनका लागि निमन्त्रणा समेत गरिएको थियो । अछाममा पहिलो चरणको खोप अभियान बैसाख २६ गते आईतबार देखी जेठ ३ सम्म सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यलय अछामले जनाएको छ ।

पहिलो चरणको खोप अभियानको आईतबार बिहानदेखी औपचारीक रुपमा सुरुवात गरिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदीले बच्चाको औंलामा रंग लगाँउदै र जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा. शरदचन्द्र बरालले खोप दिएर अभियान सुरु गरेका हुन । सदरमुकाम स्थित षोडशादेवी उचच माविमा राखिएको खोप केन्द्रमा भएको खोपको औपचारीक सुरुवात कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. शरदचन्द्र बरालले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा प्रजिअ सुवेदी रहनुभएको थियो ।

प्रजिअ सुवेदीले यसअगि तराँईका जिल्लामा मात्रै देखापर्ने यो रोग पछिल्लो समय पहाडि जिल्लामा पनि देखापरेकाले यो रोगका बिरुद्धमा सबैलाई खोप लगाँउन आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महाँसंघका सदस्य नरेशकुमार शाही, षोडशा उच्च माविका प्रअ शिवराज जोशी लगायतले मन्तब्य राख्नुभएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले खोप अभियानको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश