भदौ १६, पर्वत। शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ । 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, पर्वत। शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ । 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहे"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको मोदीवेणी घाटमा शवको व्यवस्थापन नहुँदा दुर्गन्धित

२०७४, १६ भाद्र शुक्रबार १०:२४

भदौ १६, पर्वत। शवको उचित व्यवस्थापन हुन नसक्दा यहाँका एक प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल दुर्गन्धित बनेको छ । 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकै रहेको कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीवेणी घाटमा शव नजलाइकन ढुंगाले पुरेर छाड्ने प्रचलनले दुर्गन्ध फैलन थालेको हो । 

पर्वत, बागलुङ र स्याङ्जाका बासिन्दाको अन्तिम दाहसंस्कार गर्ने उक्त स्थानमा केही समुदायका व्यक्तिले शव नजलाइकन ढुंगाको थुप्रोले छोपेर हिँड्ने प्रचलन रहेको छ । 

दैनिकजसो दुईदेखि पाँचवटासम्म शव अन्तिम दाहसंस्कारका लागि मोदीवेणीमा ल्याउने गरिन्छ । त्यहाँ ल्याइएका शव कतिपयले नजलाइकन ढुंगाले छोपेर छाड्ने गरेका कारण सो स्थानमा दुर्गन्ध फैलिएको हो । 

विशेष गरी दशनामी समुदायका व्यक्तिको शव आगोले नजलाई ढुंगाले पुरेर छाड्ने गरेको पाइएको छ । त्यस्तै आर्थिक अभाव र जनशक्ति नभएकाहरुले पनि बेवारिसे अवस्थामा घाटसम्म लगेर त्यत्तिकै छाडिदिने गरेका छन् । 

पवित्र कालीगण्डकीको किनारमा शवको अधिकांश भाग देखिनेगरी ढुंगाले छोप्ने र विस्तारै कुहिँदै जाँदा दुर्गन्ध आउने गरेको दाहसंस्कारमा जाने मलामीको भनाइ छ । 

ब्राह्मण, क्षेत्री, दलित तथा जनजाति समुदायले शव जलाउने गरेको भए पनि दशनामी समुदायका शव भने त्यत्तिकै पुरेर छाड्ने गरिएको छ । राम्रोसँग नपुर्दा र वर्षायाममा आएको बाढीले छोपिएको शवलाई समेत बाहिर निकाल्दा दाहसंस्कारका लागि जानेहरुलाई दुर्गन्धका कारण समस्या पर्ने गरेको ठूलीपोखरीका ढाकाराम सापकोटाले गुनासो गर्नुभयो । 

नजलाउने प्रचलन भए पनि राम्रोसँग खाडल खनेर गाड्नुपर्छ अन्यथा यसबाट फैलिएको दुर्गन्धले विभिन्न रोग फैलन सक्छ उहाँले भन्नुभयो । 

त्यस्तै स्थानीय वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाले नजलाइएका शव विस्तारै कुहिँदै जाँदा दुर्गन्ध फैलने गरेको बताएका छन् । आफूहरुले पटक पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गरेको भए पनि कतिपयले अटेर गरेको एक वृद्धाले बताउनुभयो । टाढाटाढा त यो गन्ध पुग्दैन तर हामी घाट नजिकै बस्नेका लागि निकै समस्या भएको छ उहाँले भन्नुभयो यसका लागि सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्छ । 

यसबारे मोदीवेणी धाम संरक्षण समितिसमेत मौन बसेको छ । शवलाई व्यवस्थित तरिकाले खाडल खनेर पुर्न वा जलाउन आग्रह गरे पनि कतिपय समुदायले अटेर गरेको समितिको भनाइ छ । दैनिकजसो ल्याउने शवलाई जलाउने र नजलाउने छुट्याएर व्यवस्थित रुपले खाल्टोमा पुर्नका लागि पहल गरिने समितिका अध्यक्ष गोपालदास बैरागीले जानकारी दिनुभयो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित