२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रशिक्षणमा सहभागी हुने युवा क्रिकेटरहरुको धनगढीमा विदाई

२४ मंसिर २०७२, बिहीबार ०२:१३

मङ्सिर २४, धनगढी । युवा क्रिकेटमा, वर्चश्व जमाउँदै गएको सुदुरपश्चिमको क्रिकेट विकासका लागि क्षेत्रीय क्रिकेट विकास समिती पनि तात्न थालेको छ ।

निजि क्षेत्रमा क्रिकेट विकासका लागि विभिन्न गतिविधि भईरहेको अवस्थामा नेपाल क्रिकेट संघ मातहतको निकाय क्षेत्र नम्वर ९ पनि क्रिकेट विकासका लागि अग्रसर भएको हो ।

क्षेत्रको पहलमा तीन जना युवा क्रिकेटरहरुलाई तीन महिने निशुल्क क्रिकेट प्रशिक्षणका लागि भारतको जयपुरमा रहेको कावेली क्रिकेट एकेडेमीमा पठाईएको छ ।

यसै क्षेत्रका दुई जना र एक जना हेटौडाका खेलाडीलाई प्रशिक्षणका लागि आज पठाईएको हो । अभिभावक सहित प्रशिक्षणका लागि भारतको जयपुर जानु अघि खेलाडीहरुको आज धनगढीमा विदाई गरिएको छ ।

क्षेत्रीय क्रिकेट विकास समिती क्षेत्र नम्वर ९ का कार्यवहाक अध्यक्ष धिरेन्द्र साउँदको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह प्रमुख अतिथि रहनु भएको थियो । खेलाडीहरुलाई प्रशिक्षणमा पठाईए पछि यसले नेपाली क्रिकेटको विकासमा पनि टेवा पुराउने विश्वास लिईएको छ ।

क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्वर ९ धनगढी क्रिकेट विकासको लागि अग्रसर भएको हो । क्षेत्रको पहलमा तीन जना खेलाडीहरु निशुल्क तीन महिने प्रशिक्षणका लागि भारतको जयपुरमा रहेको कावेली क्रिकेट एकेडेमीममा पठाईएको छ ।

एसिसि अण्डर १६ को विजेता टोलीका सदस्य रोशन अधिकारी र सोही टीमका अर्का सदस्य हेटौडाका रिजन ढकाल र उदमान खेलाडी विपिन रावललाई एक लाख भन्दा बढी खर्च हुने क्रिकेट प्रशिक्षणका लागि निशुल्क पठाईएको क्षेत्र नम्वर ९ का कार्यवहाक अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य धिरेन्द्र साउँदले जानकारी दिनुभयो ।

नेपालमा क्रिकेटको विकास लागि लाग्नुपर्ने निकाय नेपाल क्रिकेट संघ विवाद र आन्तरिक किचलोमा रुमल्लिएका वेला सोही निकायको एक क्षेत्रले क्रिकेट विकास लागि चासो देखाएको हो ।

क्षेत्र नम्वर ९ को पहलमा क्रिकेट प्रशिक्षण गर्ने मौका पाएका खेलाडीहरु आफ्नो प्रदर्शनमा सुधार आउने र भोलीका दिनमा अझ राम्रो क्रिकेट खेल्ने विश्वास लिएर तीन महिने प्रशिक्षणमा लागेका छन ।

प्रशिक्षणमा सहभागी भएर धेरै कुराहरु सिक्ने र भोलीका दिनमा अझ राम्रो खेल्ने आशाा राखेको १६ वर्ष मुनिको नेपाली क्रिकेट टीमका सदस्य रोशन अधिकारीले वताउनुभयो ।

क्रिकेटको प्रशिक्षणका लागि तीन महिना भारत गएका खेलाडीहरुको पढाई भने प्रभावित हुने देखिएको छ । तर पनि खेल प्रतिको लगावले उनीहरुका अभिभावकहरु क्रिकेट प्रशिक्षणमा जान दिन राजी भएका हुन ।

उनीहरुका अभिभावकहरुले क्रिकेटमा धेरै कुरा सिक्ने मौका पाउने र वाँकी रहेको समयमा पढाईलाई अगाडी वढाउने गरी प्रशिक्षणमा पठाएको वताउँछन । प्रशिक्षणका लागि जयपुर पुराउन जानुभएका रिजन ढकालका वुवा राजु ढकालले छोराछोरीको चहाना अनुसार क्रिकेट प्रशिक्षणमा जान दिएको र पढाईलाई पनि सँगसँगै अगाडी वढाउने वताउनुभयो ।

सुदुरपश्चिममा क्रिकेट विकास लागि निजि क्षेत्रवाट पहल भईरहेको अवस्थामा खेलकुद संरचना भित्रको निकाय तात्नुलाई सरकारत्मक संकेत मान्नुपर्छ । यसरी नै सवै क्षेत्रहरुले क्रिकेट विकास लागि सोच्ने हो भने नेपाली क्रिकेटका सुनौला दिनहरु आउन कुनै समय नलाग्ने छैन क्रिकेट प्रेमीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ