सास ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । 
२०८३, १२ जेष्ठ मंगलवार
बर्दिया - BRD

छुट्टाछुट्टै सवारी दूर्घटनामा परी तीन जना घाइते

२०७४, १७ भाद्र शनिबार १४:५८


सास । भदौ १७, बर्दिया । आज साँझ बर्दियाको राजापुर स्थित कोठियाघाट र मधुवन बजारमा भएका दुई छुट्टाछुट्टै सवारी दूर्घटनामा परी ३ जना घाईते भएका छन् ।


तीब्र गतिका कारण बर्दियाको राजापुर भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएको खैरीचन्दनपुर प्रहरीले जनाएको छ । भे १ प ७६०३ नम्मरको मोटरसाईकल दुर्घटनामा परेको हो । घाइते दुवै जनालाई स्थानीय र प्रहरीको सकृयतामा एम्वुलेन्स मार्फत नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको पत्रकार मीन अधिकारीले बताउनुभयो । 

घाइतेहुनेहरु राजापुर २ नयाँगाउका भटु थारु रहेको र अर्का व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । 


यसैबीच बर्दियाको मधुवन नगरपालिकाको वडा नंं ९ स्थित धर्मबस्तीमा आज दिउसो कृष्णसार यातायातको बस दुर्घटना हुँदा एक जना घाइते भएका छन । 

बर्दियाको गोलाबाट सदरमुकाम गुलरीयाका लागि छुटेको भे १ ख १४८४ नम्बरको बस सडक छेउको कुलोमा पल्टिदा बस चालक समिर नेपाली घाइते भएको प्रहरी जनाएको छ । 
स्टेरिङ भाचिएर बस पल्टिएको प्रहरीले बताएको छ ।

घाईते बस चालकको अवस्था सामान्य रहेको छ । अन्य यात्रु सकुसल रहेको प्रहरीको भनाई छ । बसमा करिब १६ जना यात्रु सवार थिए । 
सदरमुकाम गुलरियाबाट राजापुर र भुरीगाँउ जोड्ने हुलाकी बाटो बाढीका कारण विग्रीएर यातायातका साधनहरु चलाउनै नसक्ने अवस्थाले हुँदा बर्दियाबासी जोखिमपुर्ण यात्रा गर्न बाध्य छन ।

तस्वीरहरु : मीन अधिकारी ।रेडियो साथी एफएम, राजापुर ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै