५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चौँतिस लाख लागतमा खानेपानी आयोजना निर्माण

६ असार २०८२, शुक्रबार १४:०६
 काठमाडौँ | मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको छ । समलामा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीयको दैनिकी सहज बनेको छ ।
पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासीलाई समस्यामा थिए । यसअघि सञ्चालनमा आएको लुमाई खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुक्खायाममा कुवा र खोल्सामा धाउन बाध्य भएको स्थानीय राजविक्रम राई बताउनुहुन्छ ।
लेटाङ नगरपालिकामार्फत रु ३४ लाखको लागतमा समला डाँडामा खानेपानीको ट्याङ्की निर्माण गर्नाका साथै खानेपानीको मुहान कालीखोलादेखि ट्याङ्कीसम्म करिब ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो ।
पाइपलाइन जडान गरे पनि ट्याङ्कीबाट गाउँटोलसम्म धारा वितरण हुन सकेको थिएन । यद्यपि चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागितामा टोलटोलसम्म पाइप लाइन विस्तार गरिएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो ।
समला खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमकुमार राईका अनुसार खानेपानीको ट्याङ्कीबाट करिब तीन हजार मिटर पाइपलाइन विस्तार गरी विभिन्न टोलामा १३ वटा धारा पु¥याइएको छ । समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडाटोल र लाम्टेका गरी ५७ घरधुरीलाई पुग्नेगरी धारा वितरण गरिएको हो ।
पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको समलामा रहेको खानेपानीको निकै ठूलो समस्या समाधान भएपछि अब पर्यटन विकासले पनि गति लिने उहाँको अपेक्षा छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ