2026-09-07 10:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तेह्रथुममा दूध उत्पादन र बजारीकरणमा दुई करोड ३४ लाख लगानी

भदौ १८,तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि दुई करोड ३४ लाख ५३ हजार लगानी हुनेभएको छ । 

जिल्लाको छथर क्षेत्रलाई लक्षित गरी कृषकले व्यावसायिकरूपले दूध उत्पादन गरी बजारीकरणलाई सहज तुल्याउन उन्नति नेपालले रु एक करोड १७ लाख ७६ हजार ५०० लगानी गर्ने, स्थानीय सहकारी संस्थाले रु एक करोड १७ लाख ७६ हजार ५०० गरी कुल रु दुई करोड ३४ लाख ५३ हजार खर्च गरिने छथर दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताउनुभयो । 

चिस्यान केन्द्र दूध ढुवानीका लागि सवारी साधान खरिद, प्रत्येक केन्द्रमा जेनेरेटर जडान गरिने भएको छ । केन्द्रमा दूध जाँच गर्ने यान्त्र, घाँस टुक्र्याउने मेसिन, तथा दूध संकलनका लागि भवनलगायतका पूर्वाधार निमार्णमा उक्त रकम लगानी गरिने संस्थाका व्यवस्थापक बुढाथोकीले जानकारी दिनुभयो ।

पूर्वाधार विकास तथा व्यवस्थापनसँगै गोठ सुधार कार्यालय स्थापना र कृषकमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । 

उन्नति नेपालको साँझेदारीमा जिल्लाको छथर क्षेत्रमा रहेका शुक्रबारे दूध उत्पादक सहकारी संस्था लिमिटेड ओख्रे, छिपुवा बहुउद्देश्य सकारी संस्था लिमिटेड सुदाप, पञ्चामृत पशुपालन सकारी संस्था लिमिटेड सुदाप, मचिन्द्र पशुपालन हकारी संस्था लिमिटेड सुदाप, ताक्लुङ कृषि सहकारी संस्था लिमिटेड ओख्रे, जलकन्या पशुपालन तथा कृषक सहकारी संस्था लिमिटेड हमरजुङ, सिंहदेवी, पशुपालन सहकारी संस्था लिमिटेड फाक्चामारा, सिंहदेबी दूध उत्पादक सहकारी संस्था लिमिटेड सुदाप, मार्गदेवी दूध उत्पादन सहकारी संस्था आङदिम र मखमली महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडले लगानी गर्ने छथर दुग्ध चिस्यान केन्द्रले जनाएको छ । 

यसअघि यस क्षेत्रमा दुई वटा मात्र चिस्यान केन्द्र सञ्चालित थिए । चिस्यान केन्द्र नहुँदा दूध उत्पादक किसानको दूध फाट्ने समस्या हुँदा दैनिक हजारौँ रुपैयाँ क्षति भोग्नुपरेको फाँक्चामारमा कृषक मनबहादुर कार्कीले बताउनुभयो । यहाँको दूध न्युनतम रु ३० देखि अधितम रु ५० मा बिक्री हुँदै आएको छ । व्यावसायिक दुूध उत्पादन तथा बजारीकरणका लागि लगानी भएसँगै यहाँका कृषकले उत्पादन गर्दैआएको दूध बिक्रीमा सहज हुने भएको छ । 

दूध उत्पादनका लागि कृषकले उन्नत जातका गाईपालनलाई विस्तार गर्नुको साथै गोठ सुधार तथा पशु बीमालाई कृषक प्राथमिकताका लिँदै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित