भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजग"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान लागेका कामदारसँग चर्को रकम उठाउदै गर्दा बिभागको छापा

१८ भाद्र २०७४, आईतवार १३:१८

भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजगार विभागको फन्दामा परेका छन् । 

बैदेशिक रोजगार विभागले सिद्धग्लोबल म्यानपावरमा छापा मार्ने क्रममा त्यहाँका कर्मचारी भीष्म अधिकारीले मलेसिया जान लागेका दुई जना कामदारसँग १ लाख ६० हजार रुपैयाँ उठाउँदै गरेको रंगेहात फेला पारेपछी पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीले दुई जना नेपाली कामदारसँग प्रतिव्यक्ति ८० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका हुन् । मलेसिया जान लागेका ती कामदारले यसअघि पनि म्यानपावरलाई २०/२० हजार बुझाइसकेको बताएका छन् । 

बढी पैसा अशुलेको रंगेहात फेला परेपछि बिभागले तत्काल उक्त म्यानपावरको सम्पूर्ण कारोबार रोक्का समेत गरेको छ ।

के भन्छन् संचालक ? 

रंगेहात पक्राउ परेका भीष्म अधिकारीले म्यानपावर कार्यालय भित्रैबाट कामदारसँग १ लाख ६० हजार रकम अशुल गरेका थिए | तर यस बिषयमा साझा सबाल डट कमले म्यानपावरका संचालक शंकर प्रसाद आचार्यसँग कुरा गर्दा उनले पक्राउ परेका अधिकारीले २ महिना अघिनै कार्यलय छाडेको बताएका छन् । 'कार्यालय छाडेको व्यक्तिले कसरी कार्यालयबाटै पैसा अशुल्न सक्छ ?' भन्ने हाम्रो प्रश्नमा संचालक आचार्यले अगाडीकै लेनदेन भएको भन्दै आफ्नो म्यानपावरलाई चोख्याउने प्रयास समेत गरेका छन् । 

यसरी बैदेशिक रोजगार बिभागको सक्रियतामा भएको अप्रेसनको घटना औंलामा गनिन सक्नेजति नै छ । बैदेशिक रोजगार बिभागको फन्दामा परेको सिद्धग्लोबल मात्र नभई अधिकांश म्यानपावरले कामदारसँग सरकारी नीतिभन्दा बढी पैसा अशुल्छ भन्ने बिभागकै अधिकारीहरु स्वीकार गर्छन् । तर जब म्यानपावरमा गएर कुनै घटना ठोक्किन्छ तब बिभिन्न बहाना गर्दै म्यानपावरले पैसाको बलमा घटना सामसुम बनाउने गरिएको छ ।

सरकारले ६ खाडी मुलुक सहित मलेसियामा नि:शुल्क भिषा तथा टिकटको ब्यबस्था गरेपनि अधिकांश म्यानपावर कम्पनीले चर्को रकम अशुली गर्दै आएको छर्लंग छ । त्यसो त अधिकांश म्यानपावरले सेक्युरिटी गार्ड पदमा सबैभन्दा बढी रकम अशुल गर्दै आएको छ । सेक्युरिटी गार्डमा तलब अनुसार २ लाख देखि ८ लाखसम्म लिने गरिएको छ भने अन्य पदमा जाने नेपालीहरुलाई समेत तलब हेरी पैसा अशुल्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह