भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजग"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जान लागेका कामदारसँग चर्को रकम उठाउदै गर्दा बिभागको छापा

२०७४, १८ भाद्र आईतवार १३:१८

भदौ १८, काठमाडौं । बैदेशिक रोजगारीमा जाने व्यक्तिसँग तोकिएभन्दा बढी शुल्क उठाउँदै गर्दा सिनामंगलस्थित सिद्धग्लोबल म्यानपावरका कर्मचारी भीष्म अधिकारी वैदेशिक रोजगार विभागको फन्दामा परेका छन् । 

बैदेशिक रोजगार विभागले सिद्धग्लोबल म्यानपावरमा छापा मार्ने क्रममा त्यहाँका कर्मचारी भीष्म अधिकारीले मलेसिया जान लागेका दुई जना कामदारसँग १ लाख ६० हजार रुपैयाँ उठाउँदै गरेको रंगेहात फेला पारेपछी पक्राउ गरिएको हो । पक्राउ परेका अधिकारीले दुई जना नेपाली कामदारसँग प्रतिव्यक्ति ८० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात समातिएका हुन् । मलेसिया जान लागेका ती कामदारले यसअघि पनि म्यानपावरलाई २०/२० हजार बुझाइसकेको बताएका छन् । 

बढी पैसा अशुलेको रंगेहात फेला परेपछि बिभागले तत्काल उक्त म्यानपावरको सम्पूर्ण कारोबार रोक्का समेत गरेको छ ।

के भन्छन् संचालक ? 

रंगेहात पक्राउ परेका भीष्म अधिकारीले म्यानपावर कार्यालय भित्रैबाट कामदारसँग १ लाख ६० हजार रकम अशुल गरेका थिए | तर यस बिषयमा साझा सबाल डट कमले म्यानपावरका संचालक शंकर प्रसाद आचार्यसँग कुरा गर्दा उनले पक्राउ परेका अधिकारीले २ महिना अघिनै कार्यलय छाडेको बताएका छन् । 'कार्यालय छाडेको व्यक्तिले कसरी कार्यालयबाटै पैसा अशुल्न सक्छ ?' भन्ने हाम्रो प्रश्नमा संचालक आचार्यले अगाडीकै लेनदेन भएको भन्दै आफ्नो म्यानपावरलाई चोख्याउने प्रयास समेत गरेका छन् । 

यसरी बैदेशिक रोजगार बिभागको सक्रियतामा भएको अप्रेसनको घटना औंलामा गनिन सक्नेजति नै छ । बैदेशिक रोजगार बिभागको फन्दामा परेको सिद्धग्लोबल मात्र नभई अधिकांश म्यानपावरले कामदारसँग सरकारी नीतिभन्दा बढी पैसा अशुल्छ भन्ने बिभागकै अधिकारीहरु स्वीकार गर्छन् । तर जब म्यानपावरमा गएर कुनै घटना ठोक्किन्छ तब बिभिन्न बहाना गर्दै म्यानपावरले पैसाको बलमा घटना सामसुम बनाउने गरिएको छ ।

सरकारले ६ खाडी मुलुक सहित मलेसियामा नि:शुल्क भिषा तथा टिकटको ब्यबस्था गरेपनि अधिकांश म्यानपावर कम्पनीले चर्को रकम अशुली गर्दै आएको छर्लंग छ । त्यसो त अधिकांश म्यानपावरले सेक्युरिटी गार्ड पदमा सबैभन्दा बढी रकम अशुल गर्दै आएको छ । सेक्युरिटी गार्डमा तलब अनुसार २ लाख देखि ८ लाखसम्म लिने गरिएको छ भने अन्य पदमा जाने नेपालीहरुलाई समेत तलब हेरी पैसा अशुल्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति