२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा सडक विभागको लापारवाहीले वनको १० रोपनी जग्गामा क्षती

२०७४, १९ भाद्र सोमबार ०२:१९

चिसाङ शेर्पा | भदौ १९, खोटाङ | स्तरोन्नती भईरहेको खोटाङको राष्ट्रिय सडकमा वेस राख्नका लागि वनको जग्गामा ठेकेदार कम्पनीले खोतली, खोतली ढुंगा निकाल्दा वनको १० रोपनी जग्गामा पहिरो तथा भुक्षयको खतरा वढेको छ । 

मध्यपहाडी लोकमार्गको विजुले – हुर्लुङसम्म १२ किलोमिटर सडक खण्डको नुनथला पानीट्याङकी भञ्ज्याङदेखी हुर्लुङसम्मको सडकमा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले सामुदायिक वनसंगको सम्झौतालाई तोड्दै मापदण्ड विपरीत ढुंगा, रोडाका लागि अत्याधिक सडक भत्काईएपछि हुर्लुङपाखा सामुदायिक वनको जग्गामा ठूलो क्षति भएको हो । 


१ सय ३५ घरधुरी उपभोक्ता रहेको सामुदायिक वनको ३९. ६० हेक्टर जग्गा रहेको छ । १ देखी ४ नम्बर व्लक रहेको वनको १ नम्बर व्लक अन्तरगत १० रोपनी जग्गा सडक विभागको एकलौटी शासनले नष्ट भएको हुर्लङपाखा सामुदायिक वनका अध्यक्ष टिकाराम तामाङले बताए । जिल्ला वन कार्यलयको निर्देशन र सामुदायिक वनको निर्णयमा सडकका लागि ५ सय रुख काट्न दिएको थियो । काटिएको ५ सयमा पुनः बृक्षरोपनका लागि आवाश्यक रकम वन कार्यलयले दिने शर्त हुंदा अहिलेसम्म ४५ वटा रुख वढी काटिएको छ ।

विकाससंगै विनास स्वभाविक हुने भए पनि यस क्षेत्रमा ढुङा धेरै निकाल्न पुरानो सडकको माथीमाथीको ढिस्को र भित्ता भत्काउदा वनमा घाँसदाउरा गर्न खतरा रहेको नुनथला १३ का वडासदस्य ढकराज शेर्पाले बताए । शेर्पाका अनुसार सडकमुनी ढुंगामुढा थुप्रिएको छ । २ खानेपानी मुहान, एक सार्वजनिक वाटो, १ सिंचाई मुहानमा ढुंगाहरु बग्रोल्ती थुप्रिएको छ । 

मध्यपहाडी लोकमार्गमा नाली बाहेक सवा ५ मिटर कालोपत्रे १ मिटर ग्राभेलसहित सवा ६ मिटर सडकको डिजाईन हो । सामुदायिक वन र सडक विभागको निर्णयमा वन क्षेत्रमा ८ मिटर सडक खन्ने निर्णय भएको थियो । निर्णयलाई वेवास्तागरी सडक विभागले उक्त क्षेत्रमा २२, २६ र ३५ मिटर सडक खनेको छ ।


माथिको तश्विरमा: खोटाङको मध्यपहाडी लोकमार्ग अन्तरगतको हुर्लुङपाखा सामुदायिक वनमा पहिरो खसेको सडक | तस्विर: चिसाङ शेर्पा / सास 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस